arrow

कोरोना : प्रदेश १ का ९ सय ८२ जना क्वारेन्टाइनमा, २७ आइसोलेशनमा

logo
प्रकाशित २०७७ वैशाख ९ मंगलबार

विराटनगर। प्रदेश नं १ मा तीन हजार ७७५ जनाको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि (आरडिटी) बाट मङ्गलबारसम्म जम्मा तीन हजार ९७ जनाको नमूना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ४३८ महिला र दुई हजार ६५९ पुरुष छन् । 

ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पिसिआर) बाट जम्मा ६७८ जनाको कोरोना परीक्षण गरिएको छ भने १८६ महिला र ४९२ पुरुषको नमूना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेको सूचना डेस्कले जनाएको छ । 

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको सङ्ख्या मङ्गलबारसम्म कूल ९८२ जना पुगेको छ । आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा २७ जना छन् । 

होम क्वारेन्टाइनमा जम्मा चार हजार ४८१ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ