arrow

कारोनाबाट बेलायतमा १८ नेपालीको मृत्यु

logo
कृष्णप्रसाद शर्मा, 
प्रकाशित २०७७ वैशाख १० बुधबार
coronavirus-hamrakuras1.jpg

लण्डन । बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा  बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए । 

आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो । 

अस्पतालले परिवारलाई जानकारी गराएको थियो । बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ