arrow

लकडाउनको उपयोगः एक दम्पत्तिले खन्यो सुख्खा गाउँमा इनार

logo
प्रकाशित २०७७ वैशाख १० बुधबार
Untitled-121.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण हुँदै आएको लकडाउनमा उर्जावान व्यक्तिहरुले सशक्त कामसमेत गरेका छन् । 

दैनिक ज्यालादारी गर्नेलाई लकडाउनले निकै असर गरेको छ । तर त्यही ज्यालादारी गर्नेले अन्त गएर काम गर्न नपाएपछि घरमै काम गरेर उदाहरणीय बनेका छन् । 

त्यसको उदाहरण हो भारतको महाराष्ट्रको वाशिम जिल्लास्थित कारखेडा गाउँमा रहने गजानन पकमोडे र उनकी पत्नी । दुवै मजदूरी गर्छन् । 

लकडाउनले काम ठप्प भएपछि उनीहरुले घरको आँगनमै इनार खन्न सुरु गरे । सुरुआती दिनमा गाउँले र उनका नातेदारले मजाकको विषय पनि बनाए । 

तर उनीहरुले २१ दिन लगातार खन्दै गएर सफलता हात पारे । २५ फिट तल पानी आयो । उक्त गाउँमा एउटा पनि इनार थिएन । 

गर्मीयाममा निकै सुख्खा हुने उक्त गाउँमा १५–२० दिनको अन्तरमा ट्यांकरबाट पानी पुग्दथ्यो । गजाननले घरमा बसेर समय खेर फाल्नुभन्दा केही गरेर देखाउँ भन्ने सोच आएर इनार खनेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ