arrow

क. मदनको टेलिफोन सम्बाद

logo
लोकराज अधिकारी,
प्रकाशित २०७७ वैशाख १० बुधबार
madan-bhandari.jpg

पार्टी स्थापना दिवसका अबसरमा
मदनले कल गर्नु भो पहिले बल्खु 
कल उठेन, अनि धुम्बाराही गर्नु भो 
त्यहा पनि उठेन त्यसपछि बालकोट गर्नु भोउताबाट हेल्लो भन्नूको साटो
'हेप्नी'भनेको सुनेर अलमल्ल पर्नु भो 
त्यसपछी कोटेश्वर गर्नु भो
कम्तिमा पाँच मिनेट बर्तमान परिप्रेक्ष्यका 
समसामयिक भलाकुसारी भो
केही गुनासो केही चिन्ता मिश्रित पनि
कामरेड मदनले डल्लु फोन गर्नु भो अनि
सोध्नु भो कस्तो छ पार्टीको अबस्था भनी
कम्तिमा पाँच मिनेटको भलाकुसारी थियो
मदनलाई परिवेश बुझ्न सजिलो पारिदियो
लगत्तै खुमलटारमा घन्टी बजाउनु भो
'मने' खुलेर कुरा गर्न उहाँ लजाउनु भो
बिश्व कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिका, केही अशान्तिका र केही भ्रान्तिका कुरा भए 
मदन कामरेड अलि 'स्याड' हुँदै जानू भो
कुरा छोट्याएर शितल निबासमा 'रिङ' गर्नु भो
'भुजा' ज्युनार गरि बक्सेर 
केही क्षण 'सुकला' गरिबक्सेको 
सुसारेबाट जानकारी पाएपछी अचम्म पर्नु भो
मोबाइल कानबाट नझारेरै एक छिन 
पुर्ब स्मृतिमा पुग्नु भो 
म मदन नै हो नि भनेर आफैले आफैलाइ चिमोट्नु भो
निकै बेर घोत्लिनु भो 
खै के सोचेर हो अलि नरमाइलो मुद्रा पार्दै
नम्बर थिच्नु भो
उताबाट 'छेकबार' लाए झै बुझियो फोन पास गर्न 
आनाकानी गरेको भन्ने बुझ्न गारो थिएन
नम्र भएर बोल्नु भो 
म झ्याल बाट छिर्ने 
पाखन्डको झोला भिर्ने मान्छे हैन
म मदन भण्डारी बोल्दै छु 
यति भने पछि केही एउटा 
दुर संचार सेवा प्रदायकको
वैटिङ कलर ट्युन बजिरह्यो
केही सेकेन्ड पछि उताबाट
एकै सासमा बोलेको सुनियो 
'काम्रेड अभिबादन के छ त्यता'
यता त 'धतुरे' भाइरसले 
तहस नहस पारेको छ
अठार घन्टा काम गर्नु परेको छ
बिरोधिहरु बिरोध मात्र गर्छन 
सारै तनाब छ सारै तनाव ।
कामरेड मदनले भन्नू भो 
देश विषम परिस्थितिमा रहेको सुन्दा
सारै दुख लाग्यो 
हरेक विषम अबस्थामा हो 
नेतृत्वको परिक्षा हुने 
तपाईं माथी भरोसा र बिश्वास छ
मुलुक सबैखाले संक्रमणबाट जोगिने छ
आज पार्टी स्थापना दिवस
पार्टी पनि बलियो बनाउदै लानु पर्छ
देश पनि बलियो बनाउदै लानु पर्छ
हाम्रा महान सहिदहरुको सपना साकार पार्नु पर्छ
यस्का लागि सबैको मन जित्नु पर्छ 
जनता कार्यकर्ता गाउँ टोल 
समाज जिल्ला प्रदेश देश सबै जोगाउनु पर्छ
यस्का लागि के छ योजना ?
मदन कामरेडको प्रश्न सुनेर 
उताबाट जवाफ आयो
अहिले दायाँ बायाँ सोच्ने समय छैन काम्रेड
अहिले कहाँ के कसरी कस्लाइ जोगाउने बचाउने 
के के बलियो बनाउने भन्ने समय नै छैन
यो समय तपाईंको बेलाको जस्तो सहज समय हैन
यो समय भनेको त
कुर्सी कसरी बलियो बनाउने
टुटाएर फुटाएर भाचेर जोडेर भएपनि 
कुर्सी कसरी बचाउने भन्ने समय हो 
म त्यस्मै लागि राछु 
म अहिले धेरै बीजी छु 
रातारात काम गर्नु परेको छ
अहिले राखे है । बाइ ।
टुट टुट टुट ।।।
मदन कामरेड गहभरी आँसु पारेर 
पुस्पलालको फोटो हेर्न थाल्नु भो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ