arrow

भारतले नेपाललाई दियो २३ टन अत्यावश्यक औषधि, ओलीले दिए मोदीलाई धन्यवाद

logo
प्रकाशित २०७७ वैशाख १० बुधबार
corona-relief-india-nepal.jpg

काठमाडौं। कोभिड-१९ विरुद्ध लड्न भारतले नेपाललाई २३ टन अत्यावश्यक औषधि प्रदान गरेको छ। भारतले उपलब्ध गराएको औषधि भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरे।

भारतले उपलब्ध गराएको औषधिहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोज गरी कुल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरु रहेको छ। यस पहलले सबै अवस्था र परिस्थितिमा नेपाल र भारतबीच सहकार्य जारी रहने प्रतिबद्धतालाई दर्शाउने भारतीय दुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

भारत सरकारले अत्यावश्यक औषधि उपलब्ध गराए लगत्तै प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कृतज्ञता ज्ञापन गरेका छ्न्। कोभिड-१९ को विश्वव्यापी महामारीविरुद्ध लड्न र जनतालाई सुरक्षित राख्न सार्क देशका नेताहरुले प्रतिबद्धता जनाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७६ चैत्र २ गते सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गरेका थिए। मोदीले सार्क कोभिड-१९ आपतकालीन कोषमा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने वाचा गर्दै सबै छिमेकी मित्र राष्ट्रहरुलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको दुतावासले स्मरण गराएको छ।

सङ्कटको यस घडीमा नेपाल तथा अन्य दक्षिण एसियाली साझेदार मुलुकहरुसँग एकसाथ तयारी गर्न, कदम चाल्न र सफलता प्राप्त गर्न प्रतिबद्घ रहेको भारतले बताएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ