arrow

उदयपुरको भुल्केमा कोरोना संक्रमितको संख्या २५ पुग्यो

जमाती र उनीहरूको सम्पर्कमा आएकाहरु संक्रमित

logo
विश्व तामाङ,
प्रकाशित २०७७ वैशाख १० बुधबार
udayapur-jamati-corona.gif

उदयपुर। उदयपुरको भुल्केमा संक्रमित थप १ जना बढेपछि त्यहाँको कोरोना संक्रमितको संख्या २५ पुगेको छ । १३ जना संक्रमित पत्ता लागेको भुल्केमा मंगलवार ११ जना थपिएका थिए । बुधवार थप १ जनामा संकमण देखिएको हो।

भुल्केको मस्जिदमा रहेका जमाती र उनीहरुको सम्पर्कमा रहेका एकपछि अर्को संक्रमित हुन थालेपछि सो क्षेत्रलाई हटस्पटका रुपमा लक गरिएको छ।

जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार मंगलवार र बुधवार थपिएका एक एक गरि दुई जनालाई विराटनगर कोरोना अस्पताल पठाइएको छ ।

संक्रमित दुबै जनालाई एम्बुलेन्सबाट पठाइएको हो । हिजो पत्ता लागेका ११ मध्ये ८ जनालाई विहानै धरान लगिएको थियो भने अन्य दुई जनालाई पनि लगिएको थियो । प्रशासनले भुल्केमा विशेष सुरक्षा व्यवस्थाका साथ लक गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ