arrow

यी किताब जसले कमाए चलचित्रभन्दा बढी पैसा

logo
प्रकाशित २०७७ वैशाख १० बुधबार
books_vs_movie.JPG

काठमाडौं । पछिल्लो समय डिजिटल प्रणालीको व्यापक विस्तार भएको छ । यद्यपि किताब पढ्ने मानिसहरुका लागि भने अनलाइनले खासै धेरै प्रभावित गर्न सकेको छैन । केही मानिसहरु यस्ता पनि छन्, जो अहिले पनि कागजी किताबहरु पढ्नैमा रुचि देखाउँछन् । जसको कारण अहिले पनि किताबको व्यापार पनि उल्लेख्य मात्रामा हुने गरेको छ ।

केही किताबहरु यस्ता पनि छन् जसले औसत चलचित्रहरुले भन्दा पनि बढी आम्दानी गरेका छन् । जसमध्ये केही किताबहरुको वर्णन यहाँ गरिएको छ –

१. अ टेल अफ टु सिटिज
यो किताब २० करोड प्रति बिक्री भएको थियो । यसका लेखक चाल्र्स डिकेन्स हुन् ।
 
२. द लर्ड अफ द रिंग्स
यो किताब १५ करोड प्रति बिक्री भएको थियो । यो पुस्तकका लेखक जे आरआर टोल्किन हुन् ।

३. द लिटिल प्रिन्स
यो किताब १४ करोड प्रति बिक्री भएको थियो । यसका लेखक एन्टनी द सेन्ट हुन् ।

४. ह्यारी पोटर एण्ड द फिलोसोफर्स स्टोन
यो किताब १० करोड ७० लाख प्रति बिक्री भएको थियो । यसका लेखक जेके रोलिङ हुन् ।

५. एण्ड देन दियर वेयर नन
यो किताब १० करोड प्रति बिक्री भएको थियो । यसका लेखक अगाथा क्रिस्टी हुन् ।

६. सीः अ हिस्ट्री अफ एडभेन्चर
यो किताब पनि १० करोड प्रति बिक्री भएको थियो । यसका लेखक एक राइडर हेगार्ड हुन् ।

७. ड्रिम अफ द रेड च्याम्बर
यो किताब पनि १० करोड प्रति बिक्री भएको थियो । यसका लेखक साओ ज्युकिन हुन् ।

८. द लायन, द विच एण्ड द वार्डरोब
यो किताब ८ करोड ५० लाख प्रति बिक्री भएको थियो । यसका लेखक सीएस लुईस हुन् ।

९. द विन्सी कोड
यो पुस्तक ८ करोड प्रति बिकेको थियो । यसका लेखक डेन ब्राउन हुन् ।

१०. थिंक एण्ड ग्रो रिच
यो पूस्तक ७ करोड प्रति बिक्री भएको थियो । यसलाई नेपोलियन हिलले लेखेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ