arrow

कोरोनालाई जितेर इन्द्र पनि फर्किए घर, सेती अस्पतालमा ठीक हुने तेस्रो ब्यक्ति

logo
भरत शाह,
प्रकाशित २०७७ वैशाख १० बुधबार
indra-bk.gif

कैलाली । कञ्चनपुरको बेदकोट नगरपालिका १० चतरीका एक ४० वर्षीय इन्द्र बिक कोरोना संक्रमण ठिक भएर घर फर्किएका छन्। 

लगातार दुई परिक्षण नेगेटिभ देखिएपछि १८ दिन उपचार गरेर कञ्चनपुरका युवक घर फर्किएको सेती प्रादेशिक अस्पतालमा आकस्मिक कक्ष विभाग प्रमुख डाक्टर जगदिश जोशीले जानकारी दिए। उनी सेती प्रादेशिक अस्पतालबाट उपचार पछि ठिक भएर घर फर्किने तेस्रो व्यक्ति भएका छन्। 

यसअघि कैलालीको लम्कीका १९ वर्षिय राज विक र धनगढीका ४३ वर्षिय अमृत शाही उपचार पछि निको भएर घर फर्किसकेको डा जोशीले बताए। दुई जनाको उपचार भइरहेको र अवस्था समान्य रहेको समेत डा जोशीले बताए।

काम खोज्न चैत २ गते भारत गएर लकडाउनका कारण विक १४ गते घर आएका थिए । केन्द्रीय प्रयोगशाला काठमाडौले चैत २२ गते उनमा मात्रै कोरोना संक्रमण भएको पुष्टि भएपछि उनको सेती प्रादेशिक अस्पतालमा धनगढीमा उपचार भएको थियो।

नेपाल भारत दुईवटै देशमा लकडाउन भएपछि १३ गते उनी भारतबाट आएर १४ गते सीमामा आइपुगेका थिए। उनी सहित १३ जना ब्रहमदेव क्षेत्र भीमदत्त नगरपालिकाको ९ मटेनाबाट महाकाली नदीमा पौडी खेलेर नेपाल आएका थिए । 

सशस्त्र प्रहरीले भेटेपछि नियन्त्रणमा लिए नगरपालिकाले क्वारेन्टाइनमा राखिएको थियो । उनलाई कोरोना संक्रमण देखिए पनि अन्यलाई भने परिक्षणमा देखिएको थिएन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ