arrow

बुबा बितेको चार दिनपछि नेपाल प्रवेश गरे किरियापुत्री

logo
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
BSB-Baitadi-KiriyaputriNepa.jpg

बैतडी । लकडाउनका कारण भारतीय क्वारेनटाइनमा रहेका बैतडीका तीन जना किरियापुत्री बुबा बितेका  चार दिनपछि बुधबार बेलुका नेपाल प्रवेश गरेका छन् ।  

जिल्लाको पुर्चौडी नगरपालिका–३ का प्रेम धामी, अम्मर धामी र राम धामीले बुुबा बितेको चार दिनपछि नेपाल प्रवेश गर्न पाएका हुन् । नेपाल प्रवेश गरेका किरियापुत्रीका बुबा उजले धामीको आइतबार मृत्यु भएको थियो ।  

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार भारतको पिथौरागढका डिएमसँग कुराकानी गरी तीनै जनालाई झुलाघाट नाकाबाट नेपाल फर्काइएको हो । 

नेपाल फर्काइएका तीनैजनालाई जिल्ला अस्पतालमा राखिएको छ । उनीहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिने प्रजिअ पौडेलले बताए ।  

भारतको पिथौरागढमा काम गर्दै आएका ती मजदूर लकाडाउनका कारण घर आउन पाएका थिएनन् । भारतीय क्वारेन्टाइनमै बसिरहेका बेला बुवाको मृत्युको खबर पाएपछि आफूहरुले भारतीय क्वारेन्टाइनमै किरिया शुरु गरेको अमरसिंह धामीले जानकारी दिए ।

यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिका–१का वासुदेव भट्ट आमाको मृत्यु भएको पाँच दिनपछि नेपाल फर्किएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ