मोबाइल फोन इम्पोर्टस एशोशिएसनद्वारा प्रहरी अस्पताललाई पीपीई र मास्क हस्तान्तरण
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
624
Shares
काठमाडौं। कोभिड-१९ को महामारी नियन्त्रणमा सघाउ पुर्याउन मोबाइल फोन इम्पोर्टस एशोशिएसनले नेपाल प्रहरी अस्पताललाई ४० थान पर्सनल प्रोटेक्टिभ इक्वेपमेन्ट (पिपिइ) र पाँच हजार थान मास्क हस्तान्तरण गरेको जनाएको छ।
नेपाल प्रहरीको कार्यालय महाराजगञ्ज नै पुगेर बुधवार एशोसिएसनका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रा. प्रहरी अतिरिक्त महानिर्देशक डा. आशा सिंहलाई हस्तान्तरण गरेका हुन्।
एशोसिएसनका अध्यक्ष मलहोत्राले यस सहयोगले कोभिड १९ महामारी विरुद्ध लडिरहेका अस्पतालका डाक्टर र कर्मचारीहरुलाई सघाउ पुग्ने बिश्वास लिएका छन्।