arrow

वामदेवले पठाए स्वास्थ्य सामग्री

logo
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
bamdev1.jpg

प्युठान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कोभिड– १९ रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्लामा आवश्यक सुरक्षा सामग्री उपलब्ध गराएका छन्।  जिल्लाका नौ वटै स्थानीय तहलाई रु १० लाख बराबरको स्वास्थ्य सामग्री बिहिबार हस्तान्तरण गरियो । 

कोरोना भाइरस रोकथामका लागि नेकपा जिल्ला कमिटीमार्फत गौमुखी, झिमरुक र नौबहिनी गाउँपालिकाबाट वितरण शुरु गरिएको छ ।  पूर्वउपप्रधानमन्त्री गौतमले संकलन गरी पठाएको १० हजार थान मास्क, एक हजार बोतल सेनिटाइजर, एक हजार थान पञ्जा र दुई हजार थान हेड क्याप शुक्रबारसम्म जिल्लाका ९ वटै पालिकालाई वितरण गरिने जिल्ला कमिटी अध्यक्ष तुल्सीराम शर्माले जानकारी दिए ।

नेता गौतमसँगै प्रदेश नं ५ का प्रदेशसभा सदस्य कृष्णध्वज खड्काको पहलमा पिपिई, सेनिटाइजर र  मास्क संकलन गरी यसअघि नै वितरण गरिएको शर्माले जानकारी दिए । “जिल्ला पार्टीमार्फत एकद्वार प्रणालीका लागि स्थानीय तहलाई हस्तान्तरण गरेका छौँ”, अध्यक्ष शर्माले भने, “राजनीतिभन्दा माथि उठेर स्थानीय सरकारलाई एकताबद्ध भएर कोरोनाविरुद्ध उभिन सुझाएका छौँ ।”

बुधबार प्रदेशसभा सदस्य कृष्णध्वज खड्का र नेपल पत्रकार महासंघका केन्द्रीय सदस्य वसन्त गिरीको पहलमा बुधबा महासंघ प्यूठानलाई सुरक्षा सामग्री वितरण गरिसकिएको नेकपा प्युठानले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ