arrow

विपतको समयमा जोखिम न्युनिकरणको तरिका तथा ब्यवस्थापन !

logo
कृष्णप्रसाद पौडेल,
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
Disaster-monitoring.jpg

विपत कहिले प्राकृतिक प्रकोपको कारणले आउछ त कहिले मानवजाति मार्फत नै । यस्तो विपतको समयमा आफ्ना सम्पुर्ण नागरिकलाई सुरक्षीत राख्नु कुनै पनि देश तथा सरकारको दायित्व रहन्छ । कुनै पनि देशका नागरिकलाई सुरक्षीत राख्नको लागि त्यस देशको सरकारले बिबिध कुराको ब्यवस्थापन गर्नुपर्ने हुन्छ जस्तैः खानेपानि, बिजुलि, दैनिक उपभोग्य सामग्री, स्वास्थ्य सेवा, आवश्यकतानुसारको यातायातको ब्यबस्था, विपतको समयमा अपनाइने तरिका तथा उपायहरु, सरकारद्वारा अपनाइएको विपत बयब्स्थापनको तरिका, नागरिकका लागी आवश्यक सूचना प्रसारण तथा प्रवाह, विपत ब्यवस्थापन समुह, विपत ब्यवस्थापन कोष, बिपत न्युनिकरणको लागि राज्यको तयारी, आदी रहन्छन् ।

यस्ता कुराहरुलाई ब्यवस्थापन गर्नको लागि सरकारले गर्नुपर्ने कुराहरुलाई मध्ये नजर राखेर यो लेख तयार गरिएको छ ।

प्रायः वितपको समयमा के गर्ने के नगर्ने भन्ने कुरा सरकारलाई तुरुन्त निर्णय लिन कठिन हुन्छ अतः यस्ता कुराहरुलाई ध्यानमा राखी सरकारले बिपत ब्यवस्थापन केन्द्र (Emergency Management Center) को ब्यवस्था गर्नु पर्दछ । यस्तो विपत ब्यवस्थापन केन्द्रले गर्ने काम र यसको एकिकृत रुप यस प्रकार रहेको छ ।

अहिले सारा संसार कोरोना भाईरसको प्रकोपको कारण प्रायः ठप्प जस्तो नै छ । यस्तो विषम परिस्थितीमा सरकारले कोरोनाको (कोभिड – १९) संक्रमणलाई न्युनिकरण गर्नको लागि चित्रमा प्रस्तुत गरिए झै विपत ब्यवस्थापन केन्द्रलाई प्रयोग गर्न सक्दछ ।

विपत ब्यवस्थापन केन्द्र (Emergency Management Center): कुनैपनि देशको सरकारद्वारा स्थापना गरिएको विपत न्युनिकरण तथा ब्यवस्थापन गर्नको लागी अख्तियार प्राप्त मुख्य अफिसनै विपत ब्यवस्थापन केन्द्र हो । यसका बिभिन्न कम्पोनेन्टहरुलाई माथि चित्रमा प्रस्तुत गरिएको छ । यस केन्द्रले यसका सम्पुर्ण कम्पोनेन्टहरुसंग समन्वय गरि कार्यदिशा तयार गर्दछ । सरकारद्वारा स्थापित उच्च स्तरिय संयन्त्रले हाल विपत ब्यवस्थापन केन्द्रको रुपमा कार्य गरिरहेको छ ।

पहिलो जवाफदाताहरु (First Responders): विपतको समयाम आम नागरिकलाई आबश्यक पर्ने सेवा, सुविधा, सूचना तथा जानकारी प्रदान गर्ने सरकाराद्वारा अख्तियार प्राप्त संघ-संस्था तथा ब्यक्तिहरुलाई पहिलो जवाफदाता भनिन्छ । सरकारद्वारा स्थापित उच्च-स्तरिय संयन्त्र, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग, Doctor, Nurse, आदि पहिलो जवाफदातामा पर्दछन । यिनिहरुको प्रमुख दायित्व भनेको कोभिड – १९ को उपचार तथा त्यससंग सम्बन्धित सम्पुर्ण सूचना तथा जानकारिहरु आम नागरिकलाई प्रदान गर्नु रहन्छ । 

सेन्सर नेटवर्क (Sensor Networks): सेन्सर नेटवर्कले कोभिड – १९ को प्रकोप रहेको व्यक्ति तथा स्थानलाई उच्च जोखिम, जोखिम, न्युन जोखिम र जोखिम रहितको रुपमा पत्ता लगाई कुन-कुन व्यक्ति र स्थानमा तुरुन्त सेवा तथा सुविधा पुर्याउनु पर्ने हो सो को जानाकारी विपत ब्यवस्थापन केन्द्र र पहिलो जवाफदातालई पुर्याउदछ ।

सरकारी संगठन (Government Organization): कोभिड – १९ को प्रकोपलाई न्युनिकरण गर्नको लागि सरकारका विभिन्न अंगहरुको बिचमा सहकार्य र समन्वय हुन जरुरी छ । यि अंगहरुको प्रमुख कार्य भनेको विपत ब्यबस्थापनलाई न्युनिकरण गर्नेको लागि गरिने योजनाहरु रहन्छन । यो योजना मार्फत कोभिड – १९ को लागि चाहिने आपतकालिन सेवा, सुबिधा, उद्धार, आबशयक सामग्रिको ब्यबस्थापन, विपत कोषको स्थापना लगायत अनुगमन तथा निरिक्षण गरि सो को जानकारि विपत ब्यबस्थापन केन्द्रलाई पुर्याउनु पर्दछ । सरकारले आवश्यक ठानेमा यस्ता सेवा तथा सुबिधा परिपुर्तिको लागी अन्तराष्ट्रिय समुदायसगं पनि समन्वय गर्न सक्दछ ।

अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संघ-संस्था (INGOs and NGOs): नेपाल सरकारले कोभिड – १९ को ब्यबस्थापनको लागि आवश्यक ठानेमा अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संघ-संस्था संग समन्वय गर्न सक्दछ । अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संघ-संस्थाले स्वास्थ्य सामग्रि, स्वास्थ्य विज्ञ, स्वयंसेवक, जोखिम न्युनिकरणका लागि अपानाईने विधि तथा उपायहरुको Booklet आदि प्रदान गर्न सक्दछन ।

सार्वजनिक जागरूकता प्रणाली (Public Awareness System): सार्वजनिक जागरूकता प्रणालीले कोभिड – १९ बाट बच्ने उपाय तथा तरिकागहरुको बारेमा सचेतना फैलाउने तथा सर्बसाधारणलाई जानकारि प्रदान गर्दछ । यो प्रणालि मार्फत साबुन पानिले हात धुने, भिडभाडमा नजाने, आफ्नै घरमा बस्ने, आफ्नो परिवारमा कोहि बिरामि भएमा सो को जानकारी सम्बन्धित ठाउँमा दिने लगायतका बिबिध कुराहरु पर्दछन । दुर-संचार, मोबाईल एसएमएस, टेलिभिजन, रेडियो, आदिले सार्वजनिक जागरूकता प्रणालीको रुपमा कार्य गर्दै आईरहेका छन ।  

ज्ञान - आधार प्रणाली (Knowledge Base System): ज्ञान - आधार प्रणालीको माध्यमबाट बिभिन्न प्रकारका सूचनाहरु सजिलै प्राप्त गर्न सकिन्छ जस्तैः कुनैपनि स्थानिय तह, प्रदेश बा अस्पतालमा सम्पर्क गर्नु परेमा सो सम्बन्धि ब्यक्ति तथा सम्पर्क नं., राहतको लागि सम्पर्क गर्नुपर्ने संघ-संस्था तथा व्यक्ति, अत्यावश्यक समयमा सम्पर्क गर्नुपर्ने सुरक्षा निकायको बारेमा जानकारी, एम्बुलेन्स आदिको ठेगाना र सम्पर्क नं. लगायत पर्दछन ।  

एकीकृत गतिविधि प्रणाली (Integrated Activity Module): एकीकृत गतिविधि प्रणालीले जोखिम न्युनिकरण तथा बिपत ब्यबस्थापनका लागि केन्द्रिय सरकारले प्रादेशिक र स्थानिय तहसंग गरिरहेको सम्पुर्ण कार्यहरुको बारेमा जानकारी प्रदान गर्दछ साथै कोभिड – १९ को जोखिम न्युनिकरणका लागि गरिरहेको सम्पुर्ण कार्यगहरुको जानकारी विपत ब्यबस्थापन केन्द्रलाई प्रदान गर्दछ ।

सार्वजनिक निजी संलग्नता (Public Private Engagement): सरकारको कार्यदिशालाई सफल बनाउनको लागि त्यस देशमा रहेका निजी संघ-संस्थाहरुले ठुलो भुमिका खेल्दछन । विपतको बेलामा त झन त्यसता संघ-संस्थाहरुको भुमिका अहम रहन्छ । त्यसैले सार्वजनिक निजी संलग्नताले कोभिड – १९ को जोखिमलाई न्युनिकरणकरण गर्न भुमिका खेल्दछ जस्तैः क्वारेन्टाइनको लागि ठाउ अपुग भएमा सोको ब्यवस्थापन, राहतको ब्यवस्थापन तथा बितरण, विपत कोषमा सहयोग, आदी । 

सामाजिक मिडिया अभियान (Social Media Campaign): अहिलेको समय भनेको सूचना प्रबिधिको हो । देशमा रहेका हरेक कोहिले Social Media को प्रयोग गरिरहेका छन । विपतको बेलामा Social Media लाई Public Awareness बढाउनको लागि एउटा माध्ययमको रुपमा प्रयोग गर्न सकिन्छ । बिभिन्न प्रकारका Social Media मार्फत कोभिड – १९ को जोखिमबाट बच्ने र यसका  न्युनिकरणकरणका उपायगहरुको बारेमा छोटो Video Clip बनाई त्यसलाई प्रसारण गर्न सकिन्छ ।

अन्तमा माथि उल्लेख गरिएको विपत ब्यवस्थापनको Framework ले भने बमोजिम कार्य हुने र गर्ने हो भने नेपालमा कोभिड – १९ को जोखिलाई धेरै मात्रामा न्युनिकरण गर्न सकिन्छ साथै जनस्तरमा पनि कोभिड – १९ को बारेमा पनि सचेतना फैलाउने छ भन्ने बिश्वास लिएको छु । नेपाल सरकारले यो Framework लाई बिभिन्न प्रकारका विपतलाई न्युनिकरण गर्नको लागि प्रयोग गर्न सक्दछ ।

कृष्णप्रसाद पौडेल (ज्ञान ब्यबस्थापनक विज्ञ) 



नयाँ