arrow

बढी मूल्यमा नुन बेच्दा दुई लाख जरिवाना

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
Salt-.jpg.jpeg

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो । 
 
त्यसैगरी विभागले मूल्यसूची नराखी जथाभावी बिक्री गरेको भन्दै ज्ञानेश्वरस्थित राजेन्द्र मिट सप, इमाडोलस्थित मुकेश जुस तथा फलफूल पसल र बाबुलाल फलफूल तथा तरकारी पसल प्रत्येकलाई रु ५०–५० हजार जरिवाना गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ