arrow

निसङ्डक्रमण यन्त्रमा पशुका लागि प्रयोग गरिने भिरोक एस औषधि प्रयोग

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
Tanahu-hamrakura.jpg.jpeg

तनहुँ । सदरमुकाम दमौलीस्थित दमौली अस्पताल प्रवेशद्वारमा स्थापित  निसङ्डक्रमण यन्त्रमा पशुका लागि प्रयोग गरिने भिरोक एस नामको औषधि प्रयोग गरिएको पाइएको छ । 

जिल्ला पशुचिकित्सा कार्यालयसँग समन्वय गरी उक्त निसड्क्रमण औषधि सेनिटाइजरका रुपमा प्रयोगमा ल्याइएको दमौली अस्पतालले जनाएको छ । 

विज्ञसँंगको सल्लाहमा  उक्त निसड्क्रमण औषधिको प्रयोग गरिएको र यसले मानव जीवनमा कुनै असर नगर्ने  दमौली अस्पतालका प्रमुख डा सुनिल पौड्यालले जिकिर गरे । 

पछिल्लो समय ब्रोइलर कुखुरा र बङ्गुरमा एन्ट्रिभाइरलका रुपमा समेत सो औषधि खुवाउन थालिएको जिल्ला भेटेरिनरी अस्पताल तनहुँका डा बालकुमार श्रेष्ठले बताए । 

“निसड्क्रमण औषधि प्रयोग गर्दा कसैकसैको आँखामा परे एलर्जी हुन सक्छ । यसले मानवमा अन्य कुनै असर गर्दैन, जीवाणु मार्ने काम गर्छ, जथाभावी अफवाह फैलाउनु उचित होइन ”, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ