arrow

लकडाउनमा दूरदर्शनको टीआरपी एक नम्वरमा : रामायण र महाभारतपछि 'श्रीकृष्ण' थपिदै

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
ramaan.jpg

काठमाडौं । लकडाउनमा भारतीय सरकारी टेलिभिजन च्यानल दूरदर्शनको टीआरपी एक नम्वरमा पुगेको छ । दूरदर्शनले सबैभन्दा लोकप्रिय धारावाहिक 'रामायण' र 'महाभारत' को पुनः प्रसारण गरेपछि टीआरपी एक नम्वरमा पुगेको हो।

कोरोनाको कारण लकडाउन भएसँगै कुनै पनि सिरियलको शुटिंग हुन सकेको छैन ।  सबै च्यानलहरूले पुरानो सिरियलहरुलाई  पुनः प्रसारण गरिरहेका छन्।

  'रामायण' र 'महाभारत' को पुनः प्रसारणपछि , 'श्रीकृष्ण' चाँडै टिभीमा देखाइने भएको छ । दूरदर्शनले ट्वीट गरेर यसको जानकारी दिएको हो । 

दर्शकहरूले लामो समयदेखि यो धारावाहिक पुनः सुरु गर्नका लागि मांग गरिरहेका थिए । दूरदर्शनले सो कार्यक्रम पुनः प्रसारण गर्ने निर्णय गरेको छ।

'श्रीकृष्ण' धारावाहिकले दूरदर्शनको टीआरपीलाई अझ बढाउनेछ । सोहि अनुसार दूरदर्शनले सबैभन्दा लोकप्रिय धारावाहिक 'रामायण' र 'महाभारत' को टेलीकास्ट गरेको थियो।

यी दुबै धारावाहिकका कारण दूरदर्शनको टीआरपी बढ्दो छ । यहाँ सम्म कि धेरै वर्षपछि दूरदर्शन टीआरपी को मामिलामा एक नम्बरमा पुगेको छ । दर्शकहरूको ठूलो मांग भएपछि  लोकप्रिय सिलियल 'श्रीकृष्ण' को पुनः-टेलीकास्ट गरिन लागेको बाइएको छ ।

'श्रीकृष्ण' धारावाहिक पहिलो पटक सन् १९९३ मा प्रसारण भएको थियो ।  शो तीन बर्ष १९९६ सम्म चल्यो। धारावाहिकको  निर्देशन रामानंद सागरले गरेका हुन्। 

जसमा श्रीकृष्णका लीलाहरू देखाइएको छ । श्रीकृष्णको युवावस्थाको भुमिका कलाकार स्वप्निल जोशीले अभिनय गरेका छन्। पछि सर्वदमन डी बनर्जी अभिनय गरे। दुबै श्रीकृष्णको भुमिकाबाट धेरै प्रख्यात भए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ