arrow

भूकम्पपीडितलाई एक पछि अर्को सास्ती

पहिलो किस्ताको रकम लिन सरकारी बैंकको शाखामा नै पुग्नुपर्ने

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
Nuwakot-Earthquake-2.JPG.jpeg
काठमाडौं। सरकारले लामोसमयसम्म भूकम्पपीडितको लागि दिने भनेको रकम उपलब्ध गराउन नसक्दा सास्ती खेपीरहेका भूकम्पपीडितहरू फेरि अर्को सास्ती खेप्न बाध्य हुने भएका छन्। सरकारको कमजोर निर्णयका कारण भूकम्पपीडितको लागि दिने भनिएको आवास निर्माणको पहिलो किस्ताको रकम लिनको लागि समेत सास्ती बेहोर्नु परेको हो।
 
सरकारले आवास निर्माणको लागि दिने भनेको पहिलो किस्ताको रकम लिनको लागि भूकम्पपीडितले नजिकैको सरकारी बैंकको शाखा कार्यालयमा नै जानुपर्ने निर्णय गरेपछि भूकम्पपीडितहरू थप सास्तीमा पर्ने भएका हुन्। यस भन्दा अघि गाउँगाउँमा शाखारहित बैंङ्किङ सेवा मार्फत रकम उपलब्ध गराउनुपर्ने अवस्था थियो। 
 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले पैसा लिनको लागि बैंकमा नै जानुपर्ने अवस्था रहेको जानकारी दिए। ‘पहिले गरेको शाखा रहित बैंकिङसेवाको कुरा के भयो ?’ भन्ने प्रश्नमा प्रवक्ता थपलियाले विशेष कारणले त्यो तत्काल सञ्चालन गर्न नसकिएको बताए। 
 
राष्ट्रिय पुनर्निर्माण प्र्राधिकरण, नेपाल राष्ट्र बैंक तथा, अर्थमन्त्रालयबीच भएको गहन छलफलपछि भूकम्पपीडितलाई शाखारहित बैंङ्किङ सेवा मार्फत् आफ्नै गाविस तथा वडाबाटै रकम उपलब्ध गराउने विषयमा गम्भीर छलफल भएको भएपनि सो निष्कर्षमा पुग्न नसकेपछि यस्तो निर्णय गरिएको प्राधिकरणका एक कर्मचारीले जानकारी दिए। उनले तत्काल शाखा रहित बैंकिङ सेवाको लागि खर्च बढी लाग्ने भएपछि पहिलो किस्ताको रकम नजिकको शाखाबाट मात्रै वितरण गर्ने व्यवस्था गरिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए। ‘अहिले तत्काल महंगो पर्छ भनेर नजिकको बैंकिङ शाखाबाट मात्रै रकम दिन सकिने अवस्थामा प्राधिकरण पुगेको छ।’ ती कर्मचारीले भने ‘अहिले तत्काल महंगो पर्छ भनेर गरिएको निर्णयले ग्रामीण भेग र बैंकिङ सेवाको पहुँचबाट टाढा रहेकाहरूलाई भने यसले सास्ती दिएको छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ