arrow

शाहरुखका यी चलचित्र जुन अहिलेसम्म गरिएन रिलिज

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
Shahrukh-Khan.jpg

काठमाडौं । बलिउडका किङ्ग ५४ बर्षका शाहरुख खानले अहिलेसम्म १ सय भन्दा ज्यादा चलचित्रमा अभिनय गरिसकेका छन् । चलचित्रमा शाहरुखलाई कहिले भिलेनको रोलमा देखिए त कहिले रोमान्टिक रुपमा देखिए ।  यति मात्र होइन 'स्वदेस' जस्तो चलचित्रमा उनको राष्ट्र भक्त अवतारमा देखिए । तर के तपाईलाई थाहा छ शाहरुखको करियरमा केहि यस्ता पनि चलचित्र छन् जुन अहिले सम्म  थिएटरमा रिलीज भएन ।

किसी से दिल लगाके देखो
सन् १९९६ मा बनेको चलचित्र किसी से दिल लगाके देखोमा शाहरुख खान, आएशा जुल्का र मधु मुख्य भुमिकामा रहेका थिए ।
 

राश्क
राश्क सन् २००१ मा बनेको चलचित्र हो । रिलिज हुन नपाएको राश्कमा शाहरुख खान, ऐश्वर्या राय र जूही चावला रहेका छन्

शिखर
चलचित्र शिखरमा शाहरुख खान र माधुरी दीक्षितको मुख्य भुमिका रहेको छ । चलचित्र सन् १९९५ मा बनेको हो । तर विभिन्न कारणले गर्दा चलचित्र रिलिज हुन सकेन् ।


एक्सट्रीम सिटी
हलिउड कलाकार रहेको यो चलचित्र पनि रिलिज भने हुन सकेन ।हलिउडका चर्चीत कलाकार लियोनार्डो डिक्याप्रियो  र शाहरुख खान मुख्य भुमिकामा रहेको चलचित्र २०११ मा बनेको थियो ।

अहमक
चलचित्र अहमक सन् १९९१ मा बनेको चलचित्र हो । चलचित्रमा शाहरुख खान, अयूब खान दिन र मीता वशिष्ठ लगायतका कलाकार रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ