arrow

बस्ती स्थानान्तरणको सुझाव दिन विज्ञ समिति गठन

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
reconstruction-authority.jpeg.jpeg
काठमाडौं। सरकारले भूकम्पपछि जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण वा पुनर्वास सगर्ने सम्बन्धमा सहयोग पुर्‍याउनको लागि भन्दै समिति गठन गरेको छ। डा.तारानिधि भट्टराईको संयोजकत्वमा गठित विज्ञ समूहले प्रभावित क्षेत्रमा बसाईँको लागि योग्यता परीक्षण तथा अध्ययन गर्नका लागि सहजीकरण गर्न र आवश्यक सहयोग पुर्‍याउने प्राधिकरणद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तीमा भनिएको छ। बिहीबार बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बैठकले समिति गटन गर्ने निर्णय गरेको हो।
 
समूहमा निर्देशक समितिका सदस्य किशोर थापा, स्थायी आमन्त्रित सदस्य र खानी तथा भूगर्भ विभाग, भू–तथा जलाधार संरक्षण विभाग, सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नापी विभाग, जल उत्पन्न प्रकोप नियन्त्रण विभागबाट तोकिएका विशेषज्ञ प्रतिनिधि सदस्य रहने गरी विज्ञ समूह गठन गर्ने प्राधिरकणले जनाएको छ।
 
यस्तै, प्राधिकरणले भू–गर्भसँग सम्बन्धित विषयमा प्राधिकरणलाई आवश्यक सल्लाह, सुझाव र सिफारिस गर्ने गरी निर्देशक समिति गठन गर्ने भएको छ। जसमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निर्देशक समितिका सदस्य डा.तारानिधि भट्टराई संयोजक रहनुहुने भएको छ। समितिमा प्राधिकरणका कार्यकारी समिति सदस्यद्वय डा.चन्द्रबहादुर श्रेष्ठ र डा. हरिराम पराजुली स्थायी आमन्त्रित सदस्य रहने पनि प्राधिकरणले जनाएको छ।
 
निर्देशक समितिमा खानी तथा भूगर्भ विभाग, भू तथा जलाधार संरक्षण विभाग, शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नापी विभाग, जल उत्पन्न प्रकोप नियन्त्रण विभागका विभागीय प्रमुखहरु सदस्य रहने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ