arrow

राजधानीमा अलपत्र परेका पाँचथरका ३ सय बढी नागरिक जिल्ला आउँदै

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७७ वैशाख १३ शनिबार
panchthar-district1.png

पाँचथर। राजधानीमा अलपत्र परेका तथा जिल्ला आउन चाहने नागरिकलाई पाँचथरका स्थानीय तहहरुले ल्याउने तयारी गरेका छन्। पालिकाहरुले खर्च ब्यहोरेर तथा आफैँ पनि अहिले नागरिकहरु जिल्ला भित्रन थालेका छन्। जिल्लामा अहिले ३ सय वढि नागरिकहरु जिल्ला भित्रन लागेको पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी नारायण प्रसाद न्यौपानेले बताए।

फिदिम नगरपालिकामा ९२ जना,हिलिहाङ गाउँपालिकामा ४१ जना,फालेलुङ गाउँपालिकामा ५१ जना,कुम्मायक गाउँपालिकामा ४५ जना, याङवरकमा ३९ जना, तुम्बेवामा ९ जना,फाल्गुनन्दमा ४६ जना र मिक्लाजुङमा ३१ जना गरी ३ सय ५४ को हाराहारीमा नागरिकहरु जिल्ला भित्रन लागेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ।

अलपत्र परेका विद्यार्थी, तथा अन्य नागरिकहरुलाई राजधानीमा बस्न असहज हुने भएको हुँदा उनीहरु जिल्ला आएको हुन सक्ने जिल्ला समन्वय समिती पाँचथरका प्रमुख बिष्णु प्रसाद सापकोटाले बताए।

अब उनीहरुलाई पालिकाले पब्लिक क्वारेन्टाईनमा राख्ने कि होम क्वारेन्टाईनमा राख्ने भन्ने बारेमा छलफल हुन बाँकी रहेको उनको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ