arrow

नवजात शिशुको मृत्युदर घटाउने तालिम

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
child-health.jpg.jpeg
स्याङ्जा। जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले नवजात शिशुको मृत्यूदर घटाउने उदेश्यले जिल्ला स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरेको छ। ५ बर्षका वालवालिकाको तुलनामा नवजात शिशुको मृत्युदर अझै सम्म घट्न नसकेकाले CB-IMNCi क्लिनिकल तालिम दिइएको हो।
 
जिल्लाको ग्रामिण क्षेत्रमा रहेर सेवा प्रवाह गर्दै आएका स्वास्थ्यकर्मीहरुलाई समयमै पहिचान र उपचार गर्न सजिलो होस भन्ने उदेश्यले समुदायमा आधारीत नवजात शिशु तथा वालरोग एकिकृत व्यवस्थापन तालिम उपलव्ध गराएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भोजराज गौतमले जानकारी दिए। 
 
निमोनिया, झाडापखला, कुपोषण, ज्वरो, रक्तअल्पता लगायतका समस्याका कारण वालमृत्युदर बढेको तथ्याङ्क स्वास्थ्य कार्यालयमा छ। नेपाल सरकार वाल स्वास्थ्य महाशाखाले हरेक जिल्लामा यो तालिम उपलव्ध गराए अनुसार स्याङ्जामा विगत १ बर्ष देखि चल्दै आएको डाक्टर गौतमको भनाई छ। 
 
साधन श्रोतको कमी विना पनि ग्रामिण क्षेत्रका स्वास्थ्यकर्मीहरुले सेवा प्रवाह गरिरहेपनि वालवच्चाहरुको रोगको पहिचान समयमै नहुदा मृत्यु हुने गरेको छ। यस लाई कम गर्ने सघाउ पुग्ने उदेश्यले तालिम दिनुपरेको जनस्वास्थ्य निरिक्षक कमल पाण्डेको भनाई छ। ज्ञान र सिपको समय सापेक्ष सुधार गरी सेवालाई गुणस्तरीय बनाउने सरकारको नीति अनुरुप बेला बेलामा स्वास्थ्य कर्मीहरुलाई तालिम दिनुपरेको पाण्डेको भनाई छ। तालिममा ग्रामिण क्षेत्रका प्राथामिक स्वास्थ्य केन्द्रका डाक्टर सहित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी २४ जनाको सहभागिता रहेको थियो। तालिम पश्चात ग्रामिण क्षेत्रमा स्वास्थ्यकर्मीहरुले गरेको सेवा प्रवाहको निरिक्षक बेला बेलामा हुनुपर्ने सहभागिहरुले बताएका थिए। 
 
पछिल्लो समय स्याङ्जामा वालमृत्युदरको संख्या घटेपनि अझै सन्तोजनक नरहेको जिल्ला स्वास्थ्य कार्यालयको ठहर रहेको छ। तालिममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भोजराज गौतम, डाक्टर कृष्णराज अधिकारी, कमलप्रसाद पाण्डे, कल्पना अधिकारी, दुर्गाप्रसाद भण्डारी, इन्द्र भट्टराई र विन्दु कोइरालाले सहजिकरण गरेका थिए। ६ दिन सम्म चलेको तालिमले स्याङ्जामा नवजात शिशु र वाल मृत्युदर घटाउने अपेक्षा लिएको छ। यो तालिम स्वास्थ्यकर्मी देखि स्वंयसेवीका र समुदाय सम्म गरिने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ