arrow

बिचल्लीमा परेका नागरिकलाई काठमाडौं पुगेर ल्याए वडाध्यक्ष राईले

logo
प्रकाशित २०७७ वैशाख १३ शनिबार
corona-victim-releif-rai.jpg

पथरी। लकडाउनका कारण काठमाडौँमा अलपत्र परेर रहेका आफ्ना नागरिकलाई मोरङको पथरीशनिश्चरे नगरपालिकाले बेवास्ता गरेपछि वडा नं १० का वडाध्यक्ष सागर राइको नेतृत्वमा उद्धार गरीएको छ। लकडाउनको महिनौसम्म पनि नगरले आफ्ना नागरिकलाई ल्याउन कदम नचालेपछि वडाध्यक्ष सागर राइले आफ्ना केही साथीभाइहरुसँग सल्लाह गरि उद्धारको लागि आफैँ काठ्माडौँ पुगेका थिए।

शनिवार नगरभरिका १सय ७१ जना नागरिकलाई सो टोलीले ल्याइपुर्या‍एको हो। सात वटा बस रिजर्व गरी घर फर्किन चाहने नागरिकलाई ल्याएको वडाध्यक्ष सागर राईले बताए। काठ्माडौंबाट पथरीशनिश्चरे आइपुगेका सबैलाई स्वास्थ्यकर्मीहरुले ज्वरो नापिएको थियो। पथरीको रंगशालामा सामाजिक दुरी कायम गर्दै सेनिटाइजसर लगाइदिनुको साथै चीसो पदार्थ, पानी र विस्कुट वितरण गरिएको थियो। काठमाडौबाट आएको सात वटै बसलाई समेत सेनिटाइज गरिएको थियो । पथरी आएका सम्पूर्णलाई होम क्वारेन्टाइनमा बस्न स्वास्थ्यकर्मी मुरारी आचार्यले सुझाव दिएका थिए।

उनिहरुलाई नगरप्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, पथरी प्रहरी प्रमुख डीएसपी दिलिपकुमार गिरी, समाजसेवी प्रदीपकुमार राई, नेपाली काङ्ग्रेसका नगरसचिव दुर्गा भट्टराई लगायतको टोली सहयोग पुर्या‍एका थिए।

१० नम्बर वडा अध्यक्षको नेतृत्वमा आएको पाँच वटा बसको लागि दुई लाख ५० हजार खर्च भएको राईले बताए । जसमा ६१ हजार भाडा उठेको बताइएको छ । पथरीमा सात वटा बस ल्याइएको हो। उनिहरुलाई ल्याउनका लागि वडाध्यक्ष राइसँगै तरुण दलका स्थानीय युवा नेता भुपेन रानापहेली, काविल कन्ट्रक्सनका भुवन थापा, युवा समाजसेवी सुमन कुरुङ्वाङसहितको टोली काठमाडौँ पुगेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ