arrow

लकडाउनका कारण कुखुरा कृषक विस्थापित हुने अवस्था

logo
प्रकाशित २०७७ वैशाख १३ शनिबार
poultry-farm.jpg

डडेल्धुरा। विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना संक्रमणले नेपालको व्यवसायमा पनि प्रतक्ष्य असर देखाउन थालेको छ। महिना दिन भन्दा बढिको लकडाउनले डडेल्धुराका कुखुराचल्ला व्यवसायी बिस्थापित हुने अवस्था आएको भन्दै चिन्तित भएका छन ।

सानो तिनो लगानी गरि स्वरोजगार भएका कुखुरा पालक किसानहरुका हजारौं कुखुराहरु खानेकुरा र औषधि नपाउने अवस्था आए पछि आम्दानी हुनुको सट्टा व्यवसाय जोखिमपूर्ण बन्दै गईरहेको बताएका छन् ।

डडेल्धुरामा कुखुरा व्यवसाय गरिरहेका कृषक करिब एक सय भन्दा बढि रहेको र करोडौं लगानी गरेर आत्म निर्भर बनिरहेका बेला आकस्मिक रुपमा विश्वव्यापी रुपमा फैलिईरहेको संक्रमणको पहिलो शिकार पोल्ट्री व्यवसाय रहेको अवस्थी पोल्ट्री फार्म उद्योगका संचालक तथा डडेल्धुरा कुखुरा व्यवसायी संघका सचिव गणेश प्रसाद अवस्थीले बताए।

लकडाउनले बाहिरबाट आउने कुखुरा दाना नआउने र स्थानीय स्तरमा पनि दानाजन्य अन्नअनाज नपाईने भएका कारण व्यवसाय धरासायी हुन गईरहेको कृषक नन्दराज भट्टले बताए ।

सचिव अवस्थीले भने ’सबै बन्द छन, कुखुरा बजारमा जान नपाएकोले हामीसँग नगद हुने कुरो भएन , दाना पठाउने उद्योगहरुले नगद मात्र भन्छन , जान पनि समस्या छ प्रशासनले केहि राहत हुने सिफारिस गरिदिए केहि समयका लागि कुखुरा बचाउने उपाय सोचिन्थ्यो तर त्यो हुन सकिरहेको छैन ।‘

समय पुगेका कुखुरा तथा अण्डाहरु बजारमा जान नपाउनु, ढुवानीमा पासको समस्या, दाना र औषधिको अभाब, व्यवसायको निरन्तरताका लागि बैंकिङ कारोबार बन्द हुनु जस्ता जोखिमहरु रहेकोले कतिपय कृषकहरु पलायनको स्थितिमा पुगेको कृषकहरुको भनाई छ ।

ठूला किसानलाई ठूलो सानालाई सानो भए पनि समस्या सबैको एकै हो, धेरै युवाहरु कुखुरापालनमा आकर्षित भएका थिए जिल्लाको बिभिन्न स्थानमा सेवासुबिधा पुर्‍याएका थिए तर अब हामी के गर्ने कसरी बाँच्ने कसरी बचाउने भन्ने पिर कुखुरा व्यवसायीको छ , हामीलाई दैनिक फोन गरिरहेका हुन्छन केहि पहल गरिदिनु प¥यो भनेर तर यो कुरा सम्बन्धित निकायमा पुगाईसकेका छौं अहिले सम्म कुनै निश्कर्ष हामीले पाएका छैनौं सचिव अवस्थीले बताए ।

डडेल्धुरा जिल्लामा स्थापित भईरहेको व्यवसाय संकटमा छ, कृषि पुहपंक्षि पालनमा स्थानीय तहहरुले पनि बजेट बिनियोजन गरिरहेका थिए तर आज कसैको ध्यान यस तर्फ गएको छैन डडेल्धुरा कुखुरा व्यवसायी संघका अध्यक्ष गगन सिंह भण्डारीले गुनासो गरे ।

उनले भने अहिले सबै ब्यापार व्यवसाय लकडाउन बन्दको मारमा छौं हामी मात्र नभई विश्व समुदाय नै मार्कामा छ अर्थतन्त्र चौपट हुने अवस्था छ हामी सबै मार्कामा  त छौं नै तर पनि यो समयमा मानविय सुरक्षा मात्र नभई मानविय आवश्यकताका श्रोतसाधन पनि संरक्षण गर्नु जरुरी छ ।

अहिले भईरहेको अनिश्चितकालिन लकडाउनमा अत्यावश्यक सेवा जस्तै बामे सर्दै गईरहेको कुखुराचल्ला व्यवसायलाई पनि राज्यले आवश्यक प्राबधान बनाई सुबिधा र सहुलियत दिन नसके व्यवसाय धरासायी हुनुका साथै किसानहरु यस पेशाबाट बिस्थापित हुनेमा कुनै शंका छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ