arrow

४१ प्रतिशतले इन्टरनेटमा अश्लिल सामाग्री हेर्ने गरेको सर्वेक्षणको निष्कर्ष

यौनजन्य शोषणमा बालबालिका पर्न सक्ने खतरा बढ्यो

logo
प्रकाशित २०७७ वैशाख १३ शनिबार
Child-safenet.jpg

काठमाडौ । सरकारले अधिकाशं अश्लिन सामाग्री राखेका अनलाइन साइटहरु नेपालभित्र चल्न नमिल्ने बताए पनि ठुलो संख्यामा बालबालिका तथा युवा बर्गले यस्ता अश्लिन साइटहरु हेर्ने गरेको बताएका छन् ।

चाइल्डसेफनेट नामक संस्थाले लगडाउनको समयमा इन्टरनेटको प्रयोग बढिरहेको अवस्थामा बैसाख ५ गते देखि ९ गते सम्म देशका बिभिन्न ठाउँमा बालबालिका तथा बयस्क युवा बिच गरेको सर्वेक्षणमा कुल सहभागि मध्ये ४१ प्रतिशतले इन्टरनेटको माध्यमबाट अश्लिन सामाग्री हेर्ने गरेको बताएका छन् ।

अब्यवस्थित ढंगले इन्टरनेट चलाउदाँ बालबालिका तथा युवा वर्ग कुलतमा फस्ने तथा बालबालिका माथि यौनजन्य शोषणको जोखिम बढेको सर्वेक्षणले औलाएको छ ।

देशको बिभिन्न ठाउँमा गरिएको सर्वेक्षणमा कुल १,२२८ जना (६४७ पुरुष, ५७६ महिला तथा ४ अन्य) उत्तरदाताले सहभागिता जनाएको बताइएको छ । साइबर सुरक्षा तथा अनलाइन व्यवहारबारे जानकारी हासिल गर्ने उदेश्यले सर्वेक्षण गरेको बताइएको छ । यस सर्वेक्षणमा बालबालिका, युवा वर्ग तथा वयस्कहरूबीचमा गरिएको जनाइएको छ ।

सर्वेक्षणका अनुसार बालबालिका तथा युवा वर्ग इण्टरनेट दुव्र्यसन, गेमिङ दुव्र्यसन तथा वयस्क सामग्रीहरूसँगको सम्पर्कसम्बन्धी उच्च जोखिम तथा संवेदनशील रहेको जनाएको छ । साथै यौन दुव्र्यवहार तथा शोषणको उच्च जोखिममा बढ्न सक्ने औंल्याएको छ ।

त्यसैगरी  अनलाइन भर्चुयल चेतनामूलक क्रियाकलापका माध्यमबाट बालबालिका, युवा वर्ग तथा अभिभावकहरूका लागि साइबर सुरक्षासम्बन्धी चेतनामूलक सत्रहरूले बालबालिका तथा युवा वर्गलाई अनलाइनमा सुरक्षित राख्नका लागि आवश्यक ज्ञान तथा सीप अभिभावकहरूलाई प्रदान गर्ने लगायतका कुराहरु सम्मन्धित कुराहरु सिफारिस गरेको छ ।

साथै  इण्टरनेटको सकारात्मक प्रयोगबारे बालबालिका, युवा वर्ग तथा अभिभावकहरूलाई ज्ञान दिनु आवश्यक रहेको समेत ठम्याएको छ  । उमेर तथा आवशयकताका आधारमा उपयोगी तथा उपयुक्त साइटहरूबारे  जानकारी उपलब्ध गराउन समेत सम्बन्धित निकायलाई भनेको छ ।

त्यसैगरी  अनलाइन हानि भोगेका वा त्यस्तो जोखिममा रहेकाहरूलाई सुझाव तथा सहयोग उपलब्ध गराउन पूर्णकालीन अनलाइन हेल्पलाइन सञ्चालन गर्नुका साथै आवश्यकता अनुसार प्रहरी, मनोविद्, कानुनविद्, सामाजिक कार्यकर्तालाई सहभागि गराउन संस्थाले सिफारिस गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ