चीनका मानवधिकारकर्मी जेलबाट छुटेपछि पनि सरकारको नियन्त्रणमा
प्रकाशित २०७७ वैशाख १४ आइतबार
563
Shares
एजेन्सी। चीनका मानवधिकारवादी अधिवक्ता वाङ क्वानझाङलाई जेलबाट छुटेपछि पनि परिवारसँग भेट्न नदिईएको उनकी श्रीमती लि वेन्जुले बताएकी छिन्।
सन् २०१५मा चीन सरकारले मानवधिकारवादी र कानुनकर्मीहरुलाई समातेर मुद्दा लगाएको थियो। त्यहि बेला समातिएका वाङ ४ बर्ष छ महिनाको कारावास सजाँय भुक्तान गरेपछि रिहा भएका हुन्। रिहाई पछि उनलाई १४ दिनको क्वारेन्टिन भनेर उनको गृह शहर जिनान लगिएको छ। १९ दिनपछि पनि उनलाई बेईजिङ आउन नदिईएको लिले जनाएकी छिन्।
‘उनीहरुलाई डर छ की वाङले उनीसँग जेलमा भएको नराम्रो व्यवहार सार्वजनिक गर्दिन्छन, त्यसैले उनीहरु उनलाई स्वतन्त्र छाड्न चाहदैनन्’ वाङकी श्रीमती लीले भनिन्। ली पनि मानवधिकारकर्मी हुन्।
वाङलाई स्वतन्त्र नछाडिनु मानव अधिकार र कानुनको ठाडो उल्लंघन हो । उनको स्वास्थ्यको चिन्ता सबैभन्दा बढि रहेको लिले बताएकी छिन्।
वाङलाई अहिले बसिरहेको ठाउँमा पसलसम्म किनमेलका लागि मात्र जान दिईने गरेको लिले बताएकी छिन्।