arrow

घर भाडा मिनाहा हुन थाल्यो

logo
प्रकाशित २०७७ वैशाख १४ आइतबार
Capture5.JPG

धनकुटा । धनकुटाको  धनकुटा बजार र हिले बजारका केही घर धनीहरुले घर भाडा मिनाहा गरि दिएको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।

धनकुटा उद्योग बाणिज्य संघले कोरोना भाईरसलाई नियन्त्रण गर्न सरकारले  लगाएको  लकडाउनका कारण व्यापार व्यावसाय बन्द भएका कारण व्यावसायीहरुलाई ठूलो संकट भएकाले घर धनी महानुभावहरुलाई घर मिनाहा गरीदिन  र व्यापारी, व्यावसायी र उद्योगीहरुलाई  बैकको ऋणको व्याज छुट गरी दिन हुन बैंक लगायत सवै वित्तिय संस्थाहरुलाई लक डाउन शुरु भएपछि नै आग्रह गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

धनकुटा नगरपालिका वडा नं. ६ का पूर्ण कृष्ण श्रेष्ठले  उहाको घरमा रहेको विराट पुस्तक पसलको भाडा र अन्य घरमा भाडामा बस्दै आएकाहरुलाई समेत लक डाउन अवधिभरको सम्पूर्ण भाडा मिनाहा गरिएको धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गले बताइन् । 

यसैगरी धनकुटा नगरपालिका वडा नं. १ हिले बजारका जंग क्षेत्रीले उहाको घरमा रहेको आशिष फेन्सी पसललाई लक डाउन अवधिभरको भाडा मिनाहा गरि दिएको र धनकुटा हिलेकै निरबहादुर गोङ्देनले पनि उनको २ वटा घरमा रहेको प्रदिप इम्पोरियम र मनकामना ज्वर्लसलाई १ महिनाको भाडा मिनाहा गरीदिएको धनकुटा उद्योग बाणिज्य संघका सदस्य व्यावसायी तथा युवा समाजसेवी शान्ति खड्काले बताए ।

लकडाउनका कारण व्यापार व्यवासय पूर्ण रुपमा बन्द भएर व्यावसायीहरु ठूलो मारमा परी संकटमा परेकोले धनकुटा बजार १ जना र हिले बजारका २ जना घर धनीहरुले व्यापारी तथा व्यावसायीहरुलाई घर भाडा मिनाहा गरी ठूलो रातह दिएकोले धनकुटाबजार र हिले बजारका बाँकी सवै घर धनीहरुलाई समेत घर भाडा मिनाहा गरी संकटको समयमा सहयोग गरी दु.खमा साथ दिन हुन धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राईले आग्रह गरे ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ