arrow

गिरिजाप्रसाद कोइराला फाउण्डेशनद्धारा सहयोग निरन्तर

logo
प्रकाशित २०७७ वैशाख १४ आइतबार
94978188_525256488160165_69.jpg

न्यूयोर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समाजप्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले कोरोना भाइरस (कोभिड(१९) को महामारीको चपेटामा परेका न्यूयोर्कका नेपालीहरुलाई अध्यक्ष सोमनाथ घिमिरेको नेतृत्वमा सघाएको छ । 

सेवा नै धर्म हो भन्ने मुल नाराका साथ फाउण्डेशन अघि बढिरहेको बताउँदै न्यूयोर्क राज्यका सेनेटर जोन सि ल्युको पहलमा बुद्धिष्ट जु ची च्यारिटी फाउन्डेशन, फ्लसिङ, न्यूयोर्कले २ हजार थान सर्जिकल मास्क र न्वाला वुदोहरथी समाजसेवी एवम् ज्याक्सन हाईट्स व्युटिफीकेसन ग्रुप, नन प्रफिट सस्थाकी अध्यक्षले चामल, वेवी वाईप्स, ब्लिच, ग्लोभ्स, वेवि मिल्क र वेवि डाईपरहरु गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकालाई सहयोग गर्दै दान गरे । 

सहयोग सामग्रीहरुको हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामाको उपस्थितिमा भएको थियो।

यसै क्रममा छिरिङ्ग रास्के लामाले १ हजार थान सर्जिकल मास्क नेपाल आदिवासी जनजाति महासघं अमेरिकाका अध्यक्ष लोक चेम्जोङ्गलाई हस्तान्तरण गरे ।

सेवाकै क्रममा राप्के लामाले ५०० मास्क घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो, घ्याल्सुम्दो समाजकै ६ परिवारलाई वेवि वाईप्स, वेवि मिल्कसहरु र भोइस फर युथ, न्युयोर्कका नेपाली विद्यार्थीलाई २० पाउण्ड चामल हस्तान्तरण गरे । 

गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका न्यूयोर्क राज्यका सेनेटर जोन सि ल्यु र न्वाला वुदोहरथीलाई धन्यवाद दिएको छ । 

केही रहेका सामग्रीहरु छिरीङ्ग रास्के लामाले नेपाली समुदायमा वितरण गर्नेछन् । उनलाई सम्पर्क गर्नका लागि (३४७) ६५२–३६८३ नम्बरसमेत दिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ