arrow

क्यान्सर भएकी महिलाको आरडीटी परिक्षणमा पोजेटीभ, स्वाब परिक्षण अघि नै निधन

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ वैशाख १४ आइतबार
covid-test-positive-corona.jpg

पर्सा। ब्लड क्यान्सर भएकी एक महिलाको आरडीटी परिक्षणमा पोजेटीभ देखिएपछि स्वाब परिक्षणका लागि नारायणी अस्पतालमा पुर्‍याउनु अघी नै उनको निधन भएको छ। 

बिरगंजमा नारायणी अस्पताल कोरोनाको उपचार गर्ने विश्ष अस्पताल हो। बिरगञ्ज महानगरपालिका वडा नं १०को अशोक वाटीका बस्ने महिलाको केहि समयदेखि ब्लड क्यान्सरबाट पिडित थिइन। उनको मृगौलामा पनि समस्या थियो। उनको भरतपुरस्थित बीपी क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो। 

शनिवार केहि समस्या आएपछि उनलाई तराई अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ उनको आरडीटी गरिएको थियो। सो टेस्टमा उनको पोजेटीभ आएपछि उनलाई नारायणी अस्पतालमा पठाउने तयारी हुँदै गर्दा उनको निधन भएको हो। 

आरडीटीमा पोजेटीभ देखिएपछि उनको स्वाब परिक्षणका लागि हेटौंटास्थित ल्याबमा पठाइएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ