arrow

स्वास्थ्य सामग्री खरिदबारे छानबिन शुरु

logo
रासस,
प्रकाशित २०७७ वैशाख १४ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागमार्फत खरिद प्रक्रिया अघि बढाइ रद्द गरिएको सम्बन्धमा भएको अनियमितताको छानबिन अघि बढाएको छ।

समितिले सो सम्बन्धमा सम्पूर्ण कागजात तथा विवरण सात दिनभित्र समिति सचिवालयमा उपलब्ध गराउन र प्रतिक्रिया माग गरी आज मन्त्रालयलाई प्रत्राचार गरेको हो।

कोरोना भाइरसको संङक्रमण नियन्त्रण गर्ने उद्देश्यले मन्त्रालयले विभागमार्फत बिनाप्रतिस्पर्धा ओम्नी विजनेश कर्पाोरेट इन्टरनेशनलसँग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गर्ने कार्य अघि बढाइएकामा सो सम्झौतामा व्यापक अनियमितताको कुरा सार्वजनिक संचार माध्यममा उठेपछि खरिद सम्झौता पछि रद्द गरेको थियो।

सो सम्बन्धमा समितिले छानबिन कार्य अघि बढाउन आवश्यक देखेकाले त्यसमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजात तथा खरिद प्रक्रियामा भए गरेको सम्पूर्ण कागजात उपलब्ध गराइदिन निर्देशानुसार अनुरोध गरिएको समिति सचिव डा रोजनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ