arrow

धनकुटा बजारमा घरभाडा मिनाहा गर्ने अभियान

logo
प्रकाशित २०७७ वैशाख १४ आइतबार
dhankuta-fncci1.jpg

धनकुटा। धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष, उपाध्यक्ष सहित धनकुटा र हिलेबजारका  एक दर्जन भन्दा बढी घरधनीहरुले घरभाडा मिनाहा गरेका छन् ।    

कोराना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको कारण व्यापार, व्यावसाय बन्द भएर व्यावसायीहरुलाई ठूलो आर्थिक संकट भएकाले धनकुटा नगरपालिका वडा नं. ५ धरहरा चौकको घरमा व्यपारीहरुले संचालन गरेको किराना पसल र खाजा घरको भाडा  धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र सुखकला राई मिनाहागरी दिएका छन । यसैगरी धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्टले हिले बजारको घरमा रहेको न्यू जेनिस टेर्लसलाई लक डाउनभरको घर भाडा मिनाहा गरेका छन्।

यसैगरी धनकुटा हिले बजारका थाम वहादुर लिम्बु र हेम कुमारी लिम्बुले तिन वटा घरमा व्यापारी तथा व्यावसायीहरुले संचालन गरेको डाफे मुनाल ग्रिल उद्योग, साथी भाई अफसेट प्रेस,खाजाघर,लगायत चार जना व्यावायीहरुलाई लक डाउन अवधिभरको घर भाडा पुरै मिनाहा गरेका छन्।

हाल यू के मा वस्दै आउनु भएका थाम वहादुर लिम्बु र हेम कुमारी लिम्बुले २०६२-२०६३ सालमा पनि जनआन्दोलनको समयमा पसल बन्द हुदा व्यापारी तथा व्यावसायीहरुलाई पुरै  घर भाडा छुट गरिदिएको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।

यस अघिनै धनकुटा नगरपालिका वडा नं. ६ का पूर्ण कृष्ण श्रेष्ठले  र धनकुटा नगरपालिका वडा नं. १ हिले बजारका जंग क्षेत्री, धनकुटा हिलेकै निर वहादुर गोङ्देन लगायत एक दर्जन घर धनीहरुले पनि व्यावासयीहरुलाई घर भाडा छुट गरि सहयोग गरेका छन् ।

लक डाउनका कारण  व्यापार व्यावासय पूर्ण रुपमा  बन्द हुदा  व्यावसायीहरु  अहिले ठूलो संकटमा परेकोले घर धनीहरुले  घर भाडा मिनाहा गरी दु खको समयमा संकटमा सहयोग गरी दिएको  धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले सवै घर भनी महानुभावहरुलाई  आज धन्यवाद दिंदै धनकुटा जिल्ला भरीका सवै बजार क्षेत्रका घर धनीहरुलाई व्यापारी र व्यावसायीहरुलाई लकडाउन अवधिभरको छुट गरिदिन समेत आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ