- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लण्डन। लण्डनमा कोरोनाबाट शनिबार थप एकको निधन भएको छ। पुख्र्यौली घर तनहुँ शुक्ला गण्डकी नगरपालिका–१ भएका ७३ वर्षीय भूपूगोर्खा क्षेत्रबहादुर मल्लको उपचारका क्रममा निधन भएको तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङले जानकारी दिए।
मल्ल सन् २०१२ देखि आफ्ना श्रीमती र छोरा–बुहारीसहित बेलायतको विनचेस्टरमा बस्दै आएका थिए। उनलाई पहिलादेखि उच्च रक्तचाप र मुटुको रोगसमेत रहेको र गत वर्ष मुटुको शल्यक्रिया पनि गरेको समाजका अध्यक्षले बताए। श्वासप्रश्वासमा कठिनाइ आएपछि उहाँलाई प्रिन्सेस आन अस्पताल साउथह्याम्टनमा एक साताअघि भर्ना गरिएको थियो।