arrow

कोरोना फैलाएको भन्दै मुद्दा लागेकी कनिकाले खोलिन् मुख 

logo
प्रकाशित २०७७ वैशाख १५ सोमबार
kanika-kapur.jpg

काठमाडौं । कोरोना भाइरस संक्रमित भएपछि निकै आलोचना बलिउड गायिका कनिका कपुरले मुख खोलेकी छिन् । उनी हाल उपचारपछि निको भएर घरमै क्वारेन्टाइनमा बसिरहेकी छिन् । 

उनमा २० मार्चमा कोरोनाको टेष्ट पोजेटिभ पाइएको थियो । त्यसपछि उनी ५ अप्रिलमा पीजीआई अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । उनी परिवारसंगै रहेर होम क्वारेन्टाइनमा बसिरहेकी छिन् । 

उनलाई विदेशबाट आएर पार्टी गरेको र धेरैभन्दा धेरै मान्छेलाई भेटेको भन्दै कोरोना फैलाएको आरोपमा मुद्दा समेत हालिएको थियो । 

उनले आइतबार (२६ अप्रिलमा) मात्रै मुख खोलेकी छिन् । उनले आफू कुनै पनि मानिसको सम्पर्कमा नरहेको र पार्टी पनि नदिएको बताएकी छिन् । 

उनले भनिन्, ‘यदि मलाई यो बिमारीको बारेमा जानकारी भएको भए यस्तो कुनै काम गर्ने थिइन । मलाई जब समस्या भयो टेष्ट गराएँ पोजेटिभ पाइएपछि अस्पतालमा गएँ ।’

उनलाई महामारी फैलाउने आरोप लगाइएको छ । लखनउको सरोजनी नगर थानामा उनीविरुद्ध मुद्दा दर्ता छ । यसको बारेमा कुनै पनि फैसला भएको छैन । 

उनले इन्स्टाग्राममा बयान जारी गर्दै भनेकी छिन् ‘मेरो बारेमा थुप्रै कथाहरु बुनिएका छन् । म गलत थिएँ त्यसैले अहिलेसम्म चुप बसेकी थिएँ । तर म सही कुरो के हो भन्न चाहन्छु ।’

उनी हाल लखनउको घरमा बुबाआमासंग रहेकी छिन् । जब १० मार्चमा उनी लण्डनबाट मुम्बई आइन् तब एयरपोर्टमा जाँच गरेकी थिइन् । त्यसबेला क्वारेन्टाइनमा बस्ने कुनै एडभाइजरी जारी गरिएको थिएन । 

त्यसपछि उनी लखनउ आइन् । त्यतिन्जेल कोरोनाको कुनै लक्षण थिएन । त्यसकारण उनी केही कार्यक्रममा गइन् । आफूले कुनै पार्टी गरिनन् । तर १७ मार्चमा समस्या आएपछि उनले टेष्ट गराइन् र संक्रमित भएको पुष्टि भयो । 

उनले यस विषयलाई सच्चाइ र संवेदनशीलताका साथ आउन पनि आग्रह गरेकी छिन् । मानिसमा नकारात्मकता लादेर सच्चाइ नबदलिने पनि उनले बताएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ