arrow

भानुआटुमा ७ रिक्टरको भूकम्प

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
iririki-vanuatu-9473.jpg.jpeg
हङकङ। प्रशान्तमहासागरीय राष्ट्र भानुआटुमा शुक्रबार बिहान सबेरै ७.० रिक्टर स्केलको भूकम्प गएको समाचार छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले सो भूकम्पको जानकारी दिनुको साथै यस भूकम्पबाट सुनामीको चेतावनी समेत दिएको बताइएको छ । 
 
स्थानीय भूगर्भशास्त्र अध्ययन संस्थाका अनुसार यस भूकम्प ७.३ रिक्टर स्केलको मापन गरिएको थियो । भूकम्पको केन्द्रविन्दु भने भूकम्प प्रभावित क्षेत्रको आसपासमै ३५ किलोमिटर गहिराईमा रहेको बताइएको छ । 
 
सो भूकम्प राजधानी भिलाबाट २०९ किलोमिटरको क्षेत्र अत्यन्त प्रभावित भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । भानुआटुमा अत्यन्त भूकम्पीय प्रकोपले सताउने देशहरु मध्येमा पर्दछ । यसै महिनाको सुरुमा पनि भानुआटुमा ६.५ रिक्टर स्केलको भूकम्प गएको थियो । तर त्यस बेला सुनामी चेतावनी भने दिइएको थिएन । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ