arrow

बाबुको एकतृष्ठ तिथीको खर्च कटाएर विपत कोषलाई सहयोग

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ वैशाख १५ सोमबार
mugu-help.jpg

मुगु। आफना बाबुको सोमबार पर्न गएको एकतृष्ठि तिथीको खर्च कटाएर दाजुभाईले स्थानीय सरकारहरुलाई सहयोग गरेका छन् ।

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं १ श्रीनगर गाँउका तिन दाजुभाईहरु लोकेन्द्र बहादुर मल्ल,नृपेन्द्र बहादुर मल्ल र भुपेन्द्र बहादुर मल्लले आफना बुवाको सोमबार पर्न गएको २२ औं एकतृष्ठ तिथीको खर्च कटाएर कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहतका लागि स्थानीय सरकारहरुले स्थापना गरेका कोषहरुमा जम्मा गरेका हुन् ।

जिल्लामा रहेका रहेका ४ वटै स्थानिय सरकारहरु छायाँनाथ रारा नगरपालिका, खत्याड, सोरु र मुगुम कार्मारोङ्ग गाँउपालिका मार्फत लकडाउनले दुख पाएका अपाङ्ग, असाहय, विरामी र गरिव परिवारलाई दिईने राहत तथा अन्य सेवामा सहयोग होस् भनेर प्रति स्थानिय तह १० हजारका दरले ४० हजार रुपयाँ उपलब्ध गर्ने जेठा छोरा लोकेन्द्र बहादुर मल्लले बताएका छन् ।

उनले भन्नु भयो प्रत्यक बर्षको बुवाको मृत्यु भएको दिन एकतृष्ठ तिथी मनाउँदा आफन्तजन, शुभचिन्तक, दिदिवहिनी तथा भान्ज ज्वाईहरु सहभागी हुन्र्थे । यो बर्षको तिथीमा कोरोना भाईरस रोकथाम, नियन्त्रण, उपचार र राहतमा सहज होस् भनेर सरकारले लकडाउन गरेकाले एक्लै तिथी प्रकृया पुरा गर्‍यौ र यो बेला ठुला जमघट नगर्न समेत भनेकाले तिथीमा खर्च हुने पैसा स्थानिय सरकारको विपत व्यवस्थापन कोषमा सहयोग गर्ने निर्णय गरेका हौ ।

मल्लका बुबा स्वर्गिय पदम बहादुर मल्ल (सुब्बा) भनेपछि मुगु जिल्ला भरी नचिन्ने मान्छे कमै होलान उनी एक समाजसेवी थिए, गाँउघरमा कसैको घरमा जुनसुकै दुखकष्ट पर्दा, गरिव, वेसाहाराको घरका बालबबालिकाको पढाई, बिहावारी, अफठ्यारो पर्दा सहयोग गर्न जहिल्यै अगाडि बढ्ने स्वभावका मल्ल भने गाँउका प्राय सवै सामाजिक काममा सहभागी हुने गरेका थिए।

सोमबार छायाँनाथ रारा नगरपालिका र खत्याड गाँउपालिकालाई सहयोग रकम हस्तान्तरण गरिसकिएको र बुधबार सोरु र मुगुम कार्मारोङ्ग गाँउपालिका विपत व्यवस्थापन कोषमा रकम जम्मा गर्ने माईला छोरा नृपेन्द्र बहादुर मल्लले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ