arrow

विपन्न र असहायलाई नियमित भोजन

logo
प्रकाशित २०७७ वैशाख १५ सोमबार
94749956_842900732882867_34.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण न्यून आय भएका  असहायको जीवन कष्टकर बनेको छ । 

राहत नभएर जीवन अप्ठेरो नहोस् भनी कामपा वडा नम्बर ९ ले नियमित त्यस्ता विपन्नलाई भोजन गराउँदै आएको छ । उक्त क्रममा लकडाउनको ३४ औं दिनमा प्रयागमार्ग स्थित प्रयाग घाटमा स्थानीय युवाहरूको सक्रियतामा भएको भोजन वितरण कार्यक्रममा नेपाली काँग्रेसका नेता लोकेश ढकालले अतिथिको रूपमा उपस्थित भएर भोजन वितरण गरे ।

कार्यक्रममा ढकाललाई बाग्मती प्रदेशका प्रदेश सभा सांसद राजेन्द्र गुरुङले साथ दिएका थिए । कामपा वडा नं ९ का तीन वटा स्थानीय क्लबहरू शुभारम्भ युवा क्लब, आह्वान युवा क्लब र बिजयचोक युवा क्लब तथा कामपा वडा नं ३१ को किंगकम स्पोर्ट क्लबको संयुक्त आयोजनामा चैत १६ गतेदेखि विपन्न वर्गका परिवारलाई नियमित रूपमा साँझको निःशुल्क भोजनको व्यवस्था गरिंदै आएको छ । 

यो निःशुल्क भोजन कार्यक्रमको संयोजन स्थानीय युवा समाजसेवी गुणराज प्याकुरेलले गर्दै आएका छन् । भोजन कार्यक्रमलाई स्वामी सदानन्द प्रणामी च्यारिटेवल ट्रस्ट, काव्य स्कूल, नेपाल जर्मन चेम्वर्स अफ कमर्स, नेपाली जनसम्पर्क समिति, जर्मन, लगायत अन्य व्यक्तिगत सहयोग समेत नियमित जुटिरहेको प्याकुरेलले बताए । 

पहिलो दिन ९२ जनालाई भोजन खुलवाए शुरू भएको कार्यक्रममा क्रमिक रूपमा सेवाग्राही बढ्दै गएर हाल दैनिक चार सय भन्दा बढी व्यक्तिले निःशुल्क भोजनको सेवा लिइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ