arrow

बैशाखमा बाढीले बेहाल, तरकारी बगाउँदा कृषकलाई लाखौँको क्षति

logo
दिपेन्द्र बस्नेत, 
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
badhi3.jpg

पुनर्वास । मध्य बैशाखमै अचानक आएको बाढीले कञ्चनपुरको दक्षिणी क्षेत्रमा दोंदाको बगरमा कृषकको  तरकारी बारीमा ठुलो क्षति पुर्याएको छ। 

सोमबार करिब ३ बजे दोँदा नदीमा अचानक बाढी आएपछि बगर खेती गर्दै आएका कञ्चनपुरको लालझाडी,बेलौरी र पुनर्वासका किसानको तरकारी बाली बगाएको हो।

 बगरमा काँक्रा, लौकी, फर्सी, बोडी, प्याज आदि तरकारी खेती गर्दै आएका किसानहरूको बाली अचानक आएको बाढीले तहस नहस बनाएपछि किसानहरू चिन्तित बनेका छन् । 

लकडाउनका कारण बजारमा समेत तरकारी बिक्री गर्न नपाएका किसानले त्यसमाथि बाढीले भएको तरकारी बगाएपछि थप मर्कामा परेका छन् ।

 विगत दश बर्षदेखि बगरमा तरकारी खेती गर्दै आएका बेलौरी नगरपालिका ५ भकुण्डाका किसान राम किसन चौधरीले पाँच कठ्ठामा लगाएको तरकारी बाढीले बगाउँदा नब्बे हजार बराबर नोक्सान भएको बताउँछन् ।

अर्का किसान छोटेलाल रानाको दुखेसो पनि उस्तै छ । भर्खर बेच्नलाई तयार भएको तरकारी सबै बाढीले बगाएको बताउँछन् ।

बाढीले आठ कठ्ठामा रोपेको तरकारी बगाए पछि पुनर्वास नगरपालिका १ ढक्काका अर्का किसान जगतराम चौधरी पनि चिन्तित छन् । करिब एक लाख दस हजार बराबरको तरकारी बाढीले बगाएको उनी बताउँछन् ।

लकडाउनका कारण बजारसम्म पुर्याएर बेच्न नपाएका किसानलाई प्रकृतिले समेत धोका दिएको छ । अन्न बाली छोडेर तरकारी बालीमा राम्रो हुने आम्दानी हुने देखेर दोँदा नदीको बालुवामा बगर खेती गरेने किसानको तरकारी बाली अचानक आएको बाढीले आफुसँगै किसानहरूको मिहेनत समेत बगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ