arrow

राहत तिम्रो बहाना, भोक हामी खप्छौं

logo
कमलप्रसाद दहाल, 
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
kamal-prasad-dahal.jpg

राहत त तिम्रो बहाना भयो एक दिएर दुई कमाऊ
गरिब निमुखालाई आश देखाउ हामी आशमै रमाउँछौ ।

सकियो भन्छौ करोडौं अझै कति सक्छौ दिँदै जाऊ
कुहिएको चामल दाल पोको पार हामी समाउँछौ ।

विज्ञ बिनाको संयन्त्र छ तिमी ज्ञान अझै दिँदै जाऊ
निरीह समाज बोल्दैन विरुद्धमा हामी ज्ञान लिन्छौं ।

कामकुरो एकातिर कुर्सी कै छ लडाइँ देखाउँदै जाऊ
सत्ता र भत्ता थप्दै जाउ कर हामी तिर्दै जान्छौं ।

बहाना कोरोना भयो तिम्रो भित्री तालमेल सब मिलाऊ
तिमी समय थप्दै जाउ हामीहरु भोक खप्दै जान्छौं । 

तिमी समय थप्दै जाउ हामीहरु भोक खप्दै जान्छौं ।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ