arrow

नेपालमा कोरोनाः प्रदेश १ सबैभन्दा बढी संवेदनशील

काठमाडौं उपत्यका उत्तिकै संवेदनशील

logo
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५२ पुगेको छ । त्यसमध्ये १६ जनालाई निको भएको छ । १०६ जना आइसोलेसनमा रहेका छन् । 

२० हजार १९५ जना क्वारेन्टाइनमा बसेका छन् । अहिलेसम्म आरडीटी ४३ हजार ६३ तथा पीसीआर १० हजार ४७१ वटा परीक्षण भइसकेक छन् । 

संक्रमणको हिसाबले सबैभन्दा खतरा प्रदेश नम्बर १ मा देखिएको छ । 

प्रदेश नं १ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश सरकारका अनुसार  द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८२८ र  ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९८१ जनाको नमूना परीक्षण भएको छ ।

प्रदेशमा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको छ भने दुई हजार ९२ जना क्वारेन्टाइनमा छन् । प्रदेश सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा रु २८ करोड ८२ लाख ९७ हजार ५४ जम्मा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

संवेदनशीलको हिसाबले भारतबाट धेरै नै नेपालीहरु आइपुगेकाले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश पनि त्यत्तिकै संवेदनशील छन् । 

त्यतिमात्रै हैन काठमाडौं उपत्यका पनि संक्रमणको संवेदनशील घेरामा पर्छ । यहाँबाट बाहिर त नेपालीहरु गएका छन् तर बाहिरबाट आएको हिसाब सरकारले राखेको छैन । 

निजी सवारी तथा पहुँचका पासमार्फत आवतजावत धेरै भएकाले पनि संवेदनशीलता अझै बढेको छ । 

सरकारले चैत ११ देखि लगाएको लकडाउन बैशाख २५ सम्म थपेको छ । तर लकडाउन उल्लंघन बढी सरकारी पक्षबाटै भएको समेत तथ्यांकले देखाउँछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ