arrow

त्रिविविको गहन सोच बिनाको अनलाइन कक्षा

logo
बलदेव तिमल्सिना, 
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
baldev-timalsina.jpg

काठमाडौं । अहिले कोरोना भाइरसको संक्रमणको असर विश्वभर फैलिएको छ । त्यसबाट नेपाल पनि अछुतो छैन । सरकारले कोरोनाको संक्रमण नफैलियोस् भनेर चैत ११ गतेदेखि नै देशमा लकडाउन लगाएको छ । 

यसमा सर्वसाधारणले साथ दिएका छन् । उल्लंघन भएका घटना पनि छन् । ती पहुँच भएका र मलाई के हुन्छ र ? पुलिसले समाते फोन गराइहाल्छुु भन्ने समूहबाट बढी उल्लंघन भएको पाइन्छ । 

तर कोरोनाले पहुँचवाला र गरीव भन्दैन । त्यसको ज्वलन्त उदाहरण अमेरिका र युरोपेली राष्ट्रहरु हुन् । सबैभन्दा बढी संक्रमित र मृतक अमेरिकामा छन् । त्यसपछि पर्छन् युरोपेली राष्ट्रहरु । 

नेपालमा तुलनात्मक रुपमा कमैमात्र संक्रमण भएको छ । तर उत्तरमा उद्गम देश चीन र दक्षिणमा विशाल जनसंख्या भएको भारतको बीचमा भएकाले पनि नेपाल सबैभन्दा जोखिममा छ । भारतमा निरन्तर संक्रमित थपिएका छन् । नेपालमा जोखिम निकै छ । विश्व स्वास्थ्य संगठनले पनि पटक पटक सचेत गराइसकेको छ । 

असर शैक्षिक क्षेत्रमा 
हुनत अहिले हरेक क्षेत्रमा असर पुगेको छ । त्यसमा पनि भोलिका देशका कर्णधार विद्यार्थीमा असर अझै बढी छ । एसईई परीक्षा सुरु नै हुन पाएन । स्कुले विद्यार्थीहरुले नयाँ शैक्षिक सत्रको मुख नै देख्न पाएका छैनन् । त्यस्तै विश्वविद्यालयहरुमा परीक्षा सुरु हुनै पाएन । 

एकातिर परीक्षाको मुखमा आएर लकडाउन अनि अर्कातिर विश्वविद्यालयहरुको ठोस योजनाको अभाव । सबैभन्दा फितलो त्रिभुवन विश्वविद्यालय त्रिविवि नै देखिएको छ । अन्य विश्वविद्यालयमा अनलाइन कक्षा फाटफुट संचालन भए पनि त्रिविविले भने आँट गर्न सकेको छैन । किनकि त्यसभित्रको सोच र दक्षता त्रिविविले देखाउनै सकेन । 

ढिलै गरी त्रिविविले विद्यार्थीलाई कक्षा संचालन गर्ने बारेमा छलफल चलाएको छ । उक्त छलफलका क्रममा त्रिविवि प्रशासन नै अनलाइन कक्षा चलाउन सक्षम नदेखिएको विश्लेषण गर्न सकिन्छ । सोमबार त्रिविविले आयोजना गरेको प्रविधिको प्रयोगबाट अनलाइन कक्षा संचालन सम्बन्धि भर्चुअल बैठकमा नेविसंघका तर्फबाट १७ वटा बुँदा समेटेर मैले नै त्रिविविलाई दिएको छु । 

ती बुँदाहरु नेपाल विद्यार्थी संघ (नेविसंघ) को तर्फबाट मैले प्रस्तुत गरेको हुँ । 

ती बुँदाहरु यसप्रकार छन् –
१, त्रिविविले जारी गरेको अनलाइनबाट गरिने कक्षा संचालन निर्देशिका २०७७ मा विद्यार्थीको हाज़िरी नियमितता, प्रविधि मैत्री शिक्षक–विद्यार्थी,  प्रविधिको पहुँच, गुणस्तर, विश्वसनीयता आदिमा आपतकालिन ब्यबस्थापन कि दीर्घकालिन रणनीति रु स्पष्ट पारिनु पर्दछ ।

२, त्रिविविका विद्यार्थीले विश्वविद्यालय परिसरमा नै खाद्यान्न– खाना पाउनका लागि नारा जुलुस गर्नुपर्ने, पिटाई खानुपर्ने अवस्थामा पहिलो कुरा विद्यार्थीको आधारभूत आवश्यकता भोक र रोगबाट बचाउँदै तत्पश्चात् शिक्षाका बारेमा  सोच्नु पर्दछ ।

३, शिक्षण गर्न, गराउन संस्था मात्र तयार भएर पुग्दैन । विद्यार्थीले अब हामी सिक्नका लागि तयार छौं भन्नु पर्छ कि पर्दैन ? किन सर्वेक्षण गरिएन ?

४, विश्व विद्यालयको पूर्व तैयारी कस्तो छ रु सरोकारवाला विद्यार्थी संगठन लगायतलाई थाहा नै नदिइ ल्याइएको निर्देशिका क्याम्पसहरुमा परिपत्र र मिडियामार्फत सार्वजनिक भैसकेको अवस्थामा केवल अनुमोदन मात्र गराउन खोजिनुले नै स्पष्ट भएको छ ।

५, नेविसंघले वर्षौदेखि उठाउँदै आएको टेक्नो–फ्रेन्ड्ली एजुकेशन अहिले आपतकालिन अबस्थामा भएपनि कार्यान्वयनमा ल्याउन खोज्नु सकारात्मक पाटो हो । तर यस निम्ति पूर्व तयारी पर्याप्त छैन। सुबिधायुक्त क्षेत्रका विद्यार्थीहरुको पहुँचमा भए पनि दूरदराजमा रहेका विद्यार्थीहरुलाई अन्य वैकल्पिक माध्यमको सोच बनाइनु पर्दछ ।

६, प्रारम्भमा अध्यावधिक विद्यार्थी र शिक्षकको तथ्यांक लिने, को कति प्रविधि मैत्री छन् सो को वर्गीकरण गरी तत्काललाई सोही बमोजिम शिक्षा व्यबस्थापन गर्ने र क्रमशस् शिक्षक विद्यार्थीको क्षमता विकास तालीम (कपासिटी बिल्डिङ ट्रेनिङ) दिई समान र गुणस्तरीय शिक्षाको पहुँचको विकास गर्नुपर्दछ ।

७, इन्टरनेट पहुँच नभएका करिब ३० प्रतिशत विद्यार्थीलाई के गर्ने रु पहुँच भएकाहरुको हकमा  पनि  यो महँगो र सुस्त गतिको देखिन्छ । यसका लागि विश्व विद्यालयले  कक्षा अवधिका लागि निःशुल्क फारजी डेटा उपलब्ध गराउनु पर्दछ ।

८, वाइफाइ टावर एसेस नभएका फोर जीमा जोडिन नसकेका क्षेत्रमा रहेका करीव १० प्रतिशत विद्यार्थीलाई स्व(अध्ययन पुस्तिका ह्याण्डबुक, इमेल तथा अन्य संचार माध्यमको प्रयोग गरिनु पर्दछ ।

९, हाल प्रयोगमा रहेको जुम मार्फत वेबिनार, स्लाइडसेयर गर्ने प्रविधिलाईमात्र विश्वविद्यालयले जोड़ दिएको देखिन्छ । यसमा यदाकदा असुरक्षित, अनधिकृत रेकर्ड हुने, प्रयोगकर्ताको गोपनीयता नरहने तथा अहिले निःशुल्क दिइए पनि पछि खर्चिलो हुन सक्ने भन्ने आशंका हुँदाहुँदै किन वैकल्पिक उपाय खोजिएन रु

१०, माइक्रोसफ्ट तुलनात्मक रुपमा बढी विश्वसनिय र सुरक्षित भएको अध्ययनले देखाउँछ । अनलिमिटेड प्रोग्राम, ६ महिना निःशुल्क र पुनस् ३ महिना थप निःशुल्क गराउने घोषणा गरेकोले यसको प्रयोगबाट त्रिविविको खर्च कटौती हुने र सो रकम विद्यार्थीलाई डेटा प्याक वितरण गर्न सहयोग पुग्ने देखिन्छ ।

११, अनलाइन प्रविधिमा आधारित लर्निङ म्यानेजमेन्ट सिष्टम एलएमएस अन्तर्गत मोडल प्लेटफर्म प्रयोग गरी शिक्षण गरेको अनुभव त्रिवि अन्तर्गत खुला तथा दूर शिक्षा केन्द्र (ओडीइसी) सँग भएको साथै त्रिविले  देश भित्र र बाहिर अनलाइन सिकाइ(टीपीपी तालीम दिइएका प्राध्यापकलाई परिचालन गरी मोडलमा आधारित कक्षा संचालन गर्न सकिन्छ ।

१२,  बदलिँदो परीवेशमा पुरानो पाठ्यक्रम र परीक्षा प्रणालीमा फेरबदल गर्ने ।परीक्षा ३–४ घण्टाको लेखाइको मुल्यांकन भन्दा ब्यापक हुनुपर्दछ । रिसर्च, प्राजेक्ट वर्क, रिपोर्ट राइटिङ गर्दै पटक पटक को पृष्टपोषणबाट अन्तिममा विज्ञ समस्हबाट विद्यार्थीको क्षमता परिक्षण गरिनु पर्दछ ।

१३, आइसीटी टुल्स नभएका विद्यार्थीलाई सीपसहित उपकरण दिइनु पर्दछ । यसलाई कोरोने शिक्षाको ब्यबस्थापनमा मात्र सिमित नगरी उच्च शिक्षाको दीर्घकालीन ब्यवस्थापनको रणनीति बनाइनु पर्दछ ।

१४, अनलाइन कक्षा संचालन निर्देशिकामा शिक्षकको कक्षा रेकर्ड गर्ने, सहभागीको क्रियाकलाप निकाय प्रमुखलाई बुझाउनु पर्ने, अनलाइनमा सिकाइ सामग्री राख्नु पर्ने ब्यवस्थाले त्यसको प्रतिलिपि अधिकार कत्तिको सुरक्षित छ ?

१५, न्यू एडमिसन, एटेन्डेन्स, कन्टयाक्ट सेसन, इक्जामिनेसन, प्राक्टिकल क्लास आदिमा त्रिविले सरोकारवालालाई विश्वस्त पार्न सक्ने स्पष्ट खाका ल्याउने ।

१६, अबको उच्च शिक्षा कुन मोडालिटीमा जाने हो । त्रिवि खुला विश्वविद्यालयमा परिणत हुने त होइन ? 

१७, अनलाइन कक्षा संचालन कस्को इच्छा (इन्ट्रेष्ट) मा ल्याइयो  या विश्वविद्यालयको आफ्नै सुझबुझमा आएको हो रु वितरीत बजेटको स्रोत र पारदर्शिताको आधार सुनिश्चित गरियोस् । (लेखक नेविसंघका महामन्त्री हुन्) 



नयाँ