arrow

नर्वेमा हेलिकोप्टर दुर्घटना, करिब १५ जनाको मृत्यु

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
norwaynews.jpg.jpeg
ओस्लो (नर्वे) । नर्वेको पश्चिममा अवस्थित सामुद्रिक तटमा हेलिकोप्टर शुक्रबार दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा १५ देखि १७ जना मानिस यात्रारत भएको प्रहरीले बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 
 
एउटा भयानक विष्फोट पछि आफूहरुले करिब १५ देखि १७ जना मानिस समुद्रमा तैरिरहेको अवस्थामा देखेको नर्वेली प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै टेलिभिजन स्टेसन टिभी–२ ले बताएको छ । हेलिकोप्टर दुर्घटनामा परेका केही मानिसलाई उद्धार गरिएको बताइए पनि उनीहरुको अवस्थाबारे केही जनाइएको छैन । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ