arrow

विपत्तिमा प्रकृति धरधरि रोइरहेछ

logo
युबराज रेग्मी, 
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
yubraj-regmi-jhapa-reporter.jpg

विपत्तिमा प्रकृति धरधरि रोइरहेछ
कोरोनाको कहरलाई बिस्तारै बिस्तारै धोइरहेछ ।

तिमी छौ प्रकृति र त म छु अझै
तिमी हुनुको अर्थले नै यो मन छोइरहेछ ।

भक्कानिएका छ्न् आज मनहरु
बिश्व बिरासतलाई कोरोनाले छोइरहेछ ।

धड्कन बढ्दैछ स्वासको तेज  गतिसंगै
स्वप्निल मनहरु सन्त्रासले रोइरहेछ ।

सुनसान छ सहरका रहर र बस्तीहरु
कहरले बस्तिका भोका पेटहरुलाई छोइरहेछ ।

कु–राजनीति र कु–संस्कारि मनहरले 
मन मन्दिरका भावनालाई लत्याइरहेछ ।

ब्यबस्था बदलियो, तर सोच बदलिएन 
तन्त्र र बादको घनचक्करमा जनता रोइरहेछ ।

मन त्रसित भयो तर  बिचार ढलेको छैन अझै
चट्टानी मनहरुका कारण जनता रोइरहेछ ।

साहस ज्युँदैछ अझै पनि उठ्नु छ फेरि फेरि 
ढलेको धरहराले मन निरन्तर रोइरहेछ ।

वसन्त बहरका ती पालुवा र पल्लबीहरुमा 
सिसिरको सिरेटोले अझै निरन्तर छोइरहेछ ।

सुनसान छ मेची अनि सुनसान छ काली
मेची महाकालीलाई कोरोनाले एकैसाथ छोइरहेछ ।

विपत्तिमा प्रकृति धरधरी रोइरहेछ 
कोरोनाको कहरलाई  बिस्तारै बिस्तारै धोइरहेछ ।

(कृषि क्याम्पस मोड, गौरादह नगरपालिका २, झापा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ