arrow

बुटवल उपमहानगरले छुट दिएपछि व्यापारको होडवाजी, सामाजिक दुरीको अवज्ञा

logo
नारायण वली,
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
buwal.PNG

रुपन्देही । कोरोना भाइरसको उच्च जोखिमबाट वच्न विभिन्न उपायहरु अपनाई रहेको वेला रुपन्देहीको बुटवलमा केही व्यापारीहरुले व्यापारको होडवाजीमा व्यस्त छन् । कुनै खाद्यान्न सामाग्री किनमेल गर्दा करिव ३ मिटर दुरी कायम गरी किनमेल गर्नुपर्ने सरकारले निर्देशन जारी गरेपनि तर बुटवलको नेपालगंज रोडमा रहेको एक खाद्यान्न पसलले सामाजिक दुरीको अवज्ञा गर्दै आफ्नो व्यापारलाई सञ्चालन गर्दै आएको छ ।

नेपालगंज रोडमा रहेको गोपाल सिद्ध किराना स्टोर्सले सरकारले गरेको गत चैत ११ गते देखि लकडाउनको समयदेखि नै निरन्तर रुपमा विहान र साँझ पसल सञ्चालन गर्दै आएको थियो। सरकारले लकडाउनको समय तेस्रो पटक थपेपछि बुटवल उप–महानगरपालिकाले नगर भित्र रहेका किराना तथा खाद्य पसलहरु विहान ८ वजे देखि साँझ ५ वजेसम्म खुल्ला राख्ने आह्वान गरेपनि गोपाल सिद्ध स्टोर्सले सामाजिक दुरीको अवज्ञा गर्दै पसल सञ्चालन गर्दै आएको हो । 

यसैविच लकडाउनका कारण आफ्नो व्यवसाय वन्द गरेका एक व्यवसायी किरण थापाले बुटवल उपमहानगरले लकडाउनको समयमा निश्चित समय तोकेर खाद्य तथा किराना पसलहरु सञ्चालन गर्न छुट दिनु गलत भएको वताएका छन् । 

उनी भन्छन् नगर भित्र कुनै पसल सञ्चालन गर्दा अनिवार्य रुपमा दर्ता गर्नुपर्ने ह्विप जारी गर्ने नगरपालिकाले अन्य व्यवसायीहरुको व्यापार घाटालाई पनि सम्वोधन गर्नुपर्ने र सामाजिक दुरीको नियम पालना भए नभएको वारे अनुगमन नगर्ने भएकाले किराना तथा खाद्य व्यवसायीहरुले मनोमानी रुपमा पसल सञ्चालन गर्न पुगेको र जसको कारण कोरानो भाइरस (कोभिड–१९)को जोखिम वढेको वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ