arrow

पाँचथरमा विना अनुमति नागरिक ओसारपसार गर्न निषेध

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
panchthar-district1.png

पाँचथर। पाँचथरमा विना अनुमति नागरिक ओसारपसार गर्न निषेध गरिएको छ । सवारी साधानहरु प्रयोग गरी विना अनुमति तथा पूर्व तयारी नागरिकहरु राजधानी तथा अन्य विभिन्न स्थानबाट निरन्तर प्रवेश गर्न थालेपछि कोभिड १९ संकट ब्यवस्थापन समितीले जिल्ला प्रवेश निषेध गरेको हो ।

जिल्लावासीमा समेत त्रास उत्पन्न भएको तथा क्वारेन्टाईनमा राखेर मात्रै गाउँघरमा पठाउनुपर्ने गुनासो सर्वत्र उठेपछि थप क्वारेन्टाईनको समेत ब्यवस्थापन गर्न समस्या भएकोले अब उप्रान्त विना अनुमति नागरिकहरुलाई जिल्लामा ओसोरपसार गर्न कडाई गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले बताए ।

यसअघि पनि विना पूर्व तयारी ठूलो संख्यामा मानिसहरु राजधानीबाट आएको उनीहरुलाई क्वारेन्टाईनमा ब्यवस्थापन गर्न समस्या भएको उनले बताए ।

अब उप्रान्त लकडाउन अवधिभर ठूलो संख्यामा मानिसहरु जिल्ला भित्रयाउन कार्यमा सहयोग नगर्ने सम्वन्धमा सहजीकरण गरिदिन आन्तारिक मामिला तथा कानुन मन्त्रालय प्रदेश १ मा अनुरोध गर्ने समितीले निर्णय गरेको प्रजिअ शर्माले बताए ।

अहिले राजधानी बाट मात्रै पछिल्लो समय २ सय ९८ जना नागरिक जिल्ला भित्रिएपछि उनीहरुलाई क्वारेन्टाईनमा राखेर ब्यवस्थापन गर्न समस्या भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ