- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
देशमा प्रचलित रहेको संविधानले राजनीतिक दललाई राज्य सञ्चालनको माध्यम मान्छ । त्यस्ता राजनीतिक दललाई झन् बलियो र झन् संगठित हुने वातावरण बनाउनुको साटो सरकारबट तिनको सग्लो आकारमा तोडफोडमाथि झन् तोडफोड गरेर एक प्रकारले अस्तित्वहीन बनाउने उद्देश्य राखेर गएको हप्ता जस्तो प्रस्ताव आयो त्यसलाई पर्यवेक्षकले ‘राजनीतिक अपराध’ भने र सो अनुसार जस्तो काम भयो त्यसलाई ‘राजनीतिक अपहरण’ ।
यो प्रकरणको अर्को दुखद पक्षहो देशको प्रधानमन्त्रीले राजनीतिक दल फुटाउन सजिलो बनाउने कानुन मात्रै ल्याएनन् सो प्रयोजनका लागि कुनै दलका सांसदहरुलाई राज्यका पद, पैसा र बल प्रयोग गर्न समेत तयार भए । प्रधानमन्त्रीबाट त्यसका लागि आफनो निवास बलुवाटारमा कार्यालय खडा गरियो, विशेष ‘टाक्स फोर्स’ बनाइयो र त्यसको कमान्डनै सम्हालियो । निश्चयनै यस्तो काममा देशको कार्यकारी प्रमुख प्रधानजमन्त्रीको प्रत्यक्ष संलग्नता देखिनु राम्रो होइन तर घटना विवरणहरुले यो राजनीतिक अपराध मानिएको यस्तो दर्जनौं ठाउँमा त्यस्तो संलग्नता देखायो । आरोप जस्तो लाग्छ भने चर्चित अपहरण सन्दर्भमा पीडितले दिएका बयान जो सञ्चारमाध्यममा आन्तावार्ता र प्रहरीमा उजुरीका रुपमा आएका छन लायहेरौं ।
एक: प्रधानमन्त्रीले प्रस्ताव र पारित गरेका तथा पछि विरोध भएपछि फिर्ता लिइएको कानुनको जनजिब्रोमा बसेको नामनै ‘राजनीतिक दल फुटाउन सजिलो बनाउने अध्यादेश २०७७’ भन्ने रह्यो । यो अध्यादेश फिर्ता भयो तर प्रधानमन्त्रीको मनसाय र त्यसअनुसार भएको यो नामाकरण इतिहासमा कहिल्यै नमेटिने गरी अभिलिखि भयो नै । यो नामलेनै एउटा राजनीतिक अपराध भए जस्तो बोध गराउछ ।
दुई: देशको संविधान, ऐन काननुका कुनै पनि प्रस्ताव मन्त्रिपरिषदमा लाने सम्वन्धित मन्त्रालय हो न्याय कानुन । यतिबेला यो मान्त्रालयमा मन्त्री थिए । राजनीतिक दल फुटाउन सजिलो बनाउने यो अध्यादेश जो पारित भएपछि कानुनकै रुप लिन्छ । यसका बारे त्यो मन्त्रालयलाई कुनै जानकारी थिएन भन्ने विवरणहरु आए । यसको अर्थ हो यो अध्यादेश प्रधानमन्त्रीले ठाडो प्रस्तावका रुपमा लगे र ठाडै पारित पनि भयो । यसैकारण होला यो अध्यादेशबारे सबै जिम्मा प्रधानमन्त्रीमै आइप¥यो
तीन: यो ‘राजनीतिक दल फुटाउन सजिलो बनाउने अध्यादेश २०७७’ लाई पारित गर्न मन्त्रिपरिषदको बैठक बसेको ठाउ प्रधानमन्त्रीको निवास बलुवाटार नै थियो । बालुवाटार निवास केन्द्रिय प्रशासनको स्थाइ स्थान होइन । यो प्रधानमन्त्रीको निवास रहेको ठाउँ मात्र हो जसलाइ अव दल फुटाउने राजननीतिक काम गएिको र त्यो प्रधानमन्त्रीको निवासबाटै भएको मानिनेछ सधैनै । निवासमा भएको कामले सामूहिकताभन्दा बढी रुपमा व्यक्तिको बर्चश्वलाइनै बुझाउछ ।
चार: प्रधानमन्त्रीको निवास बालुवाटारबाट भएको यस्तो कामलाई मूर्तरुप दिनका लागि कुनै एउटा दल फुटाउनु पर्नेमा र त्यसकालागि तान्नु पर्ने मान्छे तराइ – मधेसका थिए । उनका स्थाइअस्थाइ र कर्मस्थल समेत सबै तराइ मधेस नै थियो । ती मान्छेलाइ प्रधानमन्त्री निवास बालुवाटारसम्म ल्याइनु पर्ने मान्छे चाहिँ तराइ इतर भक्तपुर, काठमाण्डौ र तनहुका थिए जसमा भेषभूषा र भाषा केही मिल्दैन । यसको अर्थ हो उनीहरुमा मान्छेलाई भनेका बेला जहाँ सुकैबाट जुनसुकै ठाउँमा ओसारपसार गर्ने क्षमता थियो र प्रधानमत्री निवासले त्यसको भरपुर प्रयोग ग¥यो ।
पाँच: यो घटनाका राजनीतिक अपहरणकर्ता भनी चर्चामा आएका एकजना, माननीय महेश वस्नेतले १२ बैशाखको माउण्ट टेलिभिजनमा भने – डा. सुरेन्द्र यादवले जे भनिरहेका छन त्यो शत प्रतिशत सत्य हो । यी केही दिन जताततै यी यादवकै अन्तर्वार्ता आइरहेका थिए मुद्रणदेखि विद्युतीय माध्यममा र प्रायशः सबैमा । यसको अर्थ हो उनले जस्तो विवरण सुनाए त्यो अपहरणकर्ता भनी आरोप लागेका पक्षका लागि पनि यथार्थ रहेछ । प्रहरीले उजुरी दर्ता गरको भए पनि यो कुरा प्रष्टसंग उल्लेख हुने थियो जो त्यो अध्यादेश अनुसार काम गर्दा भएको अपहरणमा प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता दर्जनौं ठाउँमा प्रकट हुन्छ ।
छ: यी माननीय डा. सुरेन्द्र यादव तिनै हुन जसलाई बस्नेत सहितको टोलीले अपहरण गरेको भन्ने आरोप लागि रहेको छ, यी डाक्टरले दिएको अन्तर्वार्ता र उजुरी पत्रमा यो अपहरणको योजना र केन्द्र प्रधानमन्त्रीको निवास बालुवाटार रहेको वताउने त्यो अन्तर्वार्ता (र उजुरी पनि) को एउटा अंश –
‘अस्ति मंगलबार (शुक्रबार प्रकाशित) साँझपख आइजीसाब (पूर्वआइजिपी सर्वेन्द्र खनाल) ले फोन गर्नुभयो । डाक्टरसाब कहाँ हुनुहुन्छ भन्नुभयो । गाउँ (महोत्तरी)को घरमै छु भनेँ । उहाँले भेट्नु थियो भन्नुभयो । ठीकै छ, लकडाउनपछि काठमाडौं आउँछु अनि भेटौंला भनेँ । तर, उहाँले प्रधानमन्त्री निवास बालुवाटारबाट फोन गरेको छु, प्रधानमन्त्रीले तपाईंको सहयोग खोज्नुभएको छ भन्नुभयो । देशको प्रधानमन्त्रीलाई किन नभेट्ने, उहाँले सहयोग माग्नुभयो भने किन नगर्ने ? एउटा सांसदको रूपमा पनि उहाँलाई सहयोग गर्नु मेरो कर्तव्य नै हो भनेर मैले जवाफ दिएँ । तर, अहिले त लकडाउन छ, खुलेपछि आउँछु भनेर दोहो¥याएँ । तर, उहाँले तपार्ईंहरूले प्रधानमन्त्रीलाई सहयोग गर्ने परिस्थिति अहिले नै आएको छ भनेर फोन राख्नुभयो । बुधबार बिहान ९ बजेतिर आइजीसाबले फेरि फोन गर्नुभयो । तपाईंलाई भेट्न खोजेको छु भन्नुभयो । म त जनकपुर जाँदै छु भनेँ । तर, उहाँले सीधै म त महोत्तरीमा छु, तपाईंको घर आउँछु भन्नुभयो । उहाँ त्यतिञ्जेलसम्म बर्दिबास आइसक्नुभएको रहेछ । उहाँ बर्दिबास आइपुगेको छ, एकैछिनमा घरै आइपुग्छु भन्दा मैले नाइँनास्ती गर्ने कुरै भएन । फेरि महोत्तरीको एसपीलाई भनेर उहाँहरूले मेरो पिएसओमार्फत म कहाँ छु भन्ने जानकारी पनि लिइसक्नुभएको रहेछ । करिब आधा घन्टामा उहाँ घरमै आइपुग्नुभयो । फोनमा त आइजीसाबसँग मात्र कुरा भएको थियो । तर, घरमा त महेश बस्नेत माननीय, किसन श्रेष्ठ माननीय पनि आउनुभएको थियो, अर्को एकजना ड्राइभिङ सिटमा समेत हुनुहुन्थ्यो ।’
सात: सम्वन्धित पक्षले आफैले वताएको यो विवरण अनुसार जुन राजनीतिकदल जसरी फुटाउन खोजिएको हो त्यस मिशनको केद्रिय कार्यालय प्रधानमन्त्री निवास बालुवाटारमै थियो । यी सांसदलाई बलपूर्वक ल्याउन भनी जो त्यता गएका थिए तिनले फोनमा देखाएको ठेगानलेपनि यसै भन्छ । त्यहीँबाट अर्थात प्रधानमन्त्री निवासाबटै यी सांसद डा. यादवको घर टार्गेट भयो शिकारीले निसाना ताके जसरी । त्यसपछि राती नै सोझै बालुवाटारबाट रमाना भएको यो टोली ती सांसदको घर वरीपरी हुनेगरी वास बस्यो । बाँसबसेको यो ठाउ पनि लुकाउन खोजिएको थियो जसरी पहिले यो मिशनमा खटिएका तीनजना कहाँ भेटभए भनी पत्रकारलाईवताइदा तीनजनाले तीनठाउँ देआएका थिए जो आफैमा मिल्दैन थिए ।
आठ: यी सांसदसंग प्रधानमन्त्री निवासबाट खटिएको यो टोलीको भेट घाट र उनलाई बालुवाटार ल्याउने काम सामान्य थियो भने बालुवाटारबाट हिडेर बाटोमा बासवस्दाको घटना लुकाइराख्नु पर्ने थिएन होला । तर लुकाइयो । पछि प्रविधिलेमात्रै त्यो पोल खोल्यो । लुकाउन खोजेको घटनाकाबारे प्रदेश २ का कानुनमन्त्री ज्ञानेन्द्र यादवको भनाइको एउटा अंश –
भोलिपल्ट वैशाख ११ गते थप अनुसन्धान गर्न आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवलाई समेत लिएर हामी गौतम होटेल पुग्यौं । त्यहाँ पुगेर म्यानेजरलाई सोध्दा शुरूमा होटेल बन्द भएकाले कोही पनि नआएको भनेर हामीलाई ढाँट्न खोजे । सीसीटीभी क्यामेराको फुटेज देखाउनुस् भन्दा होटेल बन्द भएका कारण क्यामेरा अफ गरेको होला भनेर भने । पासवोर्ड दिनुस, हामीसँग आएको प्राविधिक मानिसले खोजिहाल्छ भनेर भन्दा गलत पासवर्ड दिने गरेका थिए । केही समयपछि होटेलमा सीसीटीभी क्यामेरा जडान गर्ने प्राविधिक नै आए । उसले क्यामेराको फुटेज देखाए । त्यहाँ सबै कुरा प्रस्ट देखिएको थियो । एसपी सा’प आफैं उहाँहरूसँग करीब २ घण्टासँगै बसेको देखिएको थियो । बसेको हामीलाई तपाईंको सुरक्षा गार्डले हिजो नै सबै कुरा बताइसकेको भनेपछि उहाँहरू आएको कुरा खुलाए । एसपी सा’पको निर्देशनमा डीएसपी सा’पले उहाँहरूको लागि ६ वटा कोठा बूक गराउनुभएको थियो भनेर म्यानेजरले बताए । उहाँहरू बसेर खाना समेत खाएको तथा भुक्तानी समेत एसपी सा’पले नै गर्नुभएको उनले बताए । सबै जना जान लाग्दा एसपी सा’पले आफ्नो पर्सबाट पैसा निकालेर रुपैयाँ दिएको देखिएको छ । हजारका २ देखि ३ वटा नोट दिएको फुटेजमा देखिएको छ ।
नौ: बालुवाटाराबट यस्ता,े जसरी भएपनि यी सांसदलाई ल्याउने भनी हिडेको यो टोली यी यादवको घरमा पुगेर कस्तो दवाव दियो बालुवाटारलाई पृष्ठभूमिमा राखेर कसरी बलप्रयोग ग¥यो भन्ने बारे फेरी एकपटक तिनै यादव –
पूर्वसूचना दिनुभएको भए मिठोमसिनो खाना बनाउँथे भनेँ । उहाँहरूले खाना छोड्नुस, बरु बारातिर जाऊँ, उतै बसौँला भन्नुभयो । त्यसले मलाई चिसो बनायो । त्यसैले खाना बनाउन भन्छु भनेर भुइँ तलामा झरेँ । अलिक बाहिर गएर डा. बाबुराम भट्टराईलाई फोन गरेँ । फर्किएर उहाँहरूसँग कुराकानी गर्न थालेँ । महेश माननीयले भन्नुभयो, ‘देशले तपार्ईंको सहयोग चाहेको छ । यसले तपाईंलाई पनि राम्रो हुन्छ । यसका लागि तपाईंसँग भेट्न प्रधानमन्त्रीज्यूले नै हामीलाई जिम्मा दिनुभएको हो । तपार्ईंका व्यक्तिगत विषय पनि हामी सम्बोधन गर्छौँ, समस्या पनि हल गर्छौँ’ भन्नुभयो । उहाँको बोलीमा प्रलोभन दिने र त्रास देखाउने भाव थियो ।
दश: बाटोमा के भयो ? उनै डा.यादब भन्छन – मध्यरातमा पनि हामी बाटोमै थियौँ । किसन माननीयले फोन लगाउनुभयो, प्रधानमन्त्रीसँग सीधै मेरो कुराकानी पनि गराउनुभयो । प्रधानमन्त्रीले समाजवादी मात्र होइन, राजपामा पनि विभाजनका कुरा छन् भन्नुभयो । मैले धेरै कुरा बुझिनँ । यति मात्र भनेँ– प्रधानमन्त्रीज्यू, म तपाईंले पठाउनुभएका माननीय र आइजीसाबसँग आउँदै छु, भोलि बिहान भेट्छु ।’
यादवलाई राजनीतिक अपहरणगरेर राजधानीतर्फ लिएर जाँदाको यो यात्राका पाइला पाइलामा यो यात्राको अवस्थाबारे प्रधानमन्त्रीलाई रिपोर्ट भैरहेको र प्रधानमन्त्रीले पनि त्यस्तो रिपोर्ट लिइरहेको भन्ने यो ठाउसम्मको अवस्थाले वताउछ ।
एघार: यो ठाउँसम्मका विवरणले के देखाउछ भने दल फुटाउन सजिलोबनाउने अध्यादेश पारित भएपछि यी सांसदलाई केकसरी हुन्छ बालुवाटार ल्याउने कामका लागि बालुवाटारमै कार्यालय खोलियो र त्यसको कमाण्डमा प्रधानमन्त्री आफै बसे । अघिल्लो साझ त्यो कार्यालयबाट टेलिफोन गरेको वताइनु, पूर्वइजीमार्फत प्रधानमन्त्रीले भेटन खोजेको भनेर र भोलीपल्ट मध्यराती बाटैमा रहेको बेला त्यही कार्यालयमा प्रधानमन्त्रीसंग प्रत्यक्ष वार्ता गराइनुले वताइरहेको कुरा त्यही हो । विमारी प्रधानमन्त्री यो मिशनका लागि रातभरी नसुतेको उदाहरणपनि हो मध्यरातीको यो टेलीफोनवार्ता । यो मिशन पुरागर्न प्रधानमन्त्रीले आफनो शरिरको समेत ध्यान नदिएको भन्ने देखिन्छ भने यो प्रकरणमा उनको संलग्नताको अरु उदाहरण नै दिन नपर्ला ।
बाह्र: प्रमुख प्रतिपक्षीदलले कुनै राजनीतिकदल फुटाउन सांसद अपहरण गरेको र त्यसमा बालुवाटारकै र प्रधानामन्त्रीकै भूमिका नेतृत्वदायी रहेको बुझियो। प्रमुख प्रतिपक्षीदलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारमै प्रधानमन्त्रीलाई भेटेर दुवै अध्यादेश फिर्ता लिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिए । त्यसपछि उनले प्रधानमन्त्री समक्ष समाजवादी पार्टीका नेता सुरेन्द्रप्रसाद यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याएको घटनामा संलग्न भएकालाई कारवाही गर्न प्रधानमन्त्री ओलीसँग माग गरेका हुन् । उनले भने ‘एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ, मेरो माग यहि छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ ।’
तेह्र: अपहरण गरिएको भन्ने उजुरीमा पनि यो अपहरणमा प्रधानमन्त्रीको प्रत्क्ष संलग्नता देखिन्छ । त्यसको एउटा अंश ४. काठमाडौं आउने क्रममा प्रधानमन्त्रीसँग कुरा गराउँदा ‘तपाईं तत्काल आउनुस् मैले भनेबमोजिम काम गर्नुस म भोलि बिहानै भेट्छु’ भनी म आबद्ध रहेको दललाई विभाजन गर्ने मनसायबाट मलाई धाकधम्की, डरत्रासमा पारी मेरो ज्यान नै जानसक्ने गरी मलाई करकाप गरी विभिन्न प्रलोभन तथा धम्कीको आडमा राति नै होटेल मेरियट काठमाडौं नक्सालमा ल्याई विपक्षीहरूले आफ्नो योजनाबमोजिम बुक गरेको होटलको कोठामा थुनी मलाई पटकपटक ढोका ढकढकाई मानसिक त्रासमा पारेको अवस्थामा म निवेदक सुतेको जस्तो गरी केही समय उक्त होटेलको कोठा नं. ७०३ मा थिएँ । केही समयपश्चात म मास्क लगाई उक्त कोठाको ढोका खोली मौका छोपी लिफ्टबाट तल ओर्ली मैले मूल गेटबाहिर निस्की त्यहाँबाट सुरक्षित स्थानमा भागी उम्की जान सफल भएँ ।
अपराध र दण्ड
अपराध: यी विवरणले यो अपहरणमा प्रधानमन्त्रीको संलग्नता देखियो । के गर्दा अपहरण मानिन्छ ? मुलुकी अपराधसंहिताको अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरको दफा २११– ‘कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोरजुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरिरहेको सवारीसाधन कुनै किसिमले कब्जामा वा नियन्त्रणमा लिई वा त्यसउपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा अपहरण मानिने छ ।’
दण्ड:
दफा २१३ - प्रचलित कानुनबमोजिम कसुर हुने अन्य कुनै काम गर्न लगाउने उद्देश्यले दफा २११ वा २१२ बमोजिमको काम गरे वा गराएको भए सात वर्षदेखि दश वर्षसम्म कैद र सत्तरी हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना र त्यसबाहेक अन्य उद्देश्यले गरे वा गराएको भए तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ३० हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
दफा २१४ - थप सजाय हुनेः (१) दफा २११ बमोजिम अपहरण गरी दफा २१२ बमोजिम शरीर बन्धक लिने व्यक्तिलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र एक लाखदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
(२) कसैले अपहरण गरी वा शरीर बन्धक लिई यस संहिता वा कानुनबमोजिम कसुर मानिने अन्य कुनै काम गरेको रहेछ भने निजलाई त्यस्तो कसुरबापतको सजायमा उपदफा (१) बमोजिमको सजाय थप हुनेछ ।