arrow

जनसम्पर्क अष्ट्रेलियासंग कांग्रेसको अन्तक्रिया 

logo
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
ccc.png

सिड्नी, अष्ट्रेलिया ।  अष्ट्रेलियामा रहेका नेपालीहरूमा  कोरोना भाइरसका कारण परेको प्रत्यक्ष अप्रत्यक्ष प्रभावका बारेमा नेपाली कांग्रेसले चासो व्यक्त गरेको छ ।

 कांग्रेस जनसम्पर्क विभाग प्रमुख गोविन्द भट्टराईले अष्ट्रेलियामा रहेका  आठवटै जनसम्पर्क समितिका अध्यक्ष सहित विभिन्न सामाजिक व्यक्तित्वहरूसंग भिडियो अन्तक्रिया गरि त्यहाँको पछिल्लो वस्तुस्थितिका वारेमा जानकारी लिएको सिड्नीबाट पत्रकार प्रकाश हुमागाईले हाम्रा कुरालाई बताए । 

जन सम्पर्क समिति अस्ट्रेलिया एन एस डब्ल्यु राज्यका अध्यक्ष  इथान ( थानु ) शाक्यले संयोजन गरेको सो भेलामा एनआरएन अष्ट्रेलिया अध्यक्ष केशब कॅडेल,नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मन्च (एनएडिएफ) अध्यक्ष सुरेन्द्र सापकोटा, एनएडिएफका पूर्व अध्यक्ष बिवेक थापा, एनआरएन ओसियाना पुर्व रिजनल कोडिनेटर महेन्द्र लम्साल  , वर्तमान  एनआरएन ओसियाना डिपुटी कोर्डिनेटर नबिन कंडेल , पत्रकार महासंघ अस्ट्रेलिया अध्यक्ष हेमन्त काफ्ले  ,  एन आर एन आइसीसी  मेम्बर  द्वय  नारायण काफ्ले  र दुर्गा आचार्य  , नेपाली कांग्रेस महासमिति सदस्य कन्चन पोख्रेल लगायतका वक्ताहरुले कोरोना विरुद्धको लडाइमा सबै एक जुट हुनुपर्ने कुरामा जोड दिएका थिए ।
 
अन्तक्रियाका क्रममा एनआरएनए अध्यक्ष  कंडेलले पछिल्लो वस्तुस्थितिका बारेमा जानकारी दिनुका साथै जन सम्पर्क समिती अस्ट्रेलियाका सम्पुर्ण राज्य अध्यक्ष तथा प्रतिनिधिहरुले यो कोरोना विरुद्ध को लडाईमा  एनआरएन  अस्ट्रेलियालाइ सहयोग पुर्याएकोमा  धन्यवाद दिएका थिए ।

 अन्तक्रियामा एनएडिएफ अध्यक्ष सापकोटाले अप्ठेरो स्थितिमा रहेका नेपीलीहरूको सहयोगका लागि एनएडिएफ सदा तत्पर रहेको बताए । पत्रकार महासंघ अध्यक्ष काफ्लेले अष्ट्रेलियामा रहेका नेपालीहरूलाई सुसुचित गर्ने, उनीहरूका समस्याहरूलाई सम्वन्धित निकायसम्म पुर्याउने र निष्पक्ष समाचार सम्प्रेषित गरिररहेको बताए । 

छलफल कार्यक्रममा अष्ट्रेलियामा  कोरोनाबाट पीडित  र अन्य विषय बस्तु सम्बधि बिवरण  जन सम्पर्क समिती अस्ट्रेलिया कुइन्सल्याण्ड अध्यक्ष अभिमन्यु केसीले  प्रस्तुत गरेका थिए  ।

जन सम्पर्क समिती अस्ट्रेलियाका सम्पुर्ण राज्य अध्यक्षहरु बिनित शर्मा , सबिन वराल,अशोक सुबेदी,अर्जुन लम्साल , दिपक पराजुली तथा द्वारीका दवाडी ले आआफ्नो  राज्यको वस्तुस्थिती प्रस्तुत गरेका थिए । 

साउथ अस्ट्रेलियाका प्रतिनिधि रबिन्द्र गौतम , रमेश जोशी  ,  क्यानवराका प्रतिनिधी भागिरथ साप्कोटा  तथा पर्थका प्रतिनिधी द्वय  राजेश बुढाथोकी र मदन पौडेलले  पनी आआफ्नो धारणा प्रस्तुत गरेका थिए  । अन्तक्रियामा सहभागि अधिकांशले आगामी मे ६ तारिखमा नेपालबाट आउदै गरेको   नेपाल यरलाइन्सको चार्टर विमानमा कसरी  राजदुतावास तथा नेपाल सरकारसंग संयोजन   गरि अष्ट्रेलियामा  रहेका नेपाली नागरिकहरूवाई नेपाल लैजान सकिन्छ भन्ने कुरामा विशेष छलफल गरेको जानकारी हुमागाईले हाम्रा कुरालाई बताए । 

अन्तक्रियामा जनसम्पर्क विभाग प्रमुख भट्टराईले विश्वमै आक्रामक रुपमा फैलिरहेको कोरोना भाइरस पछिको दुखद परिस्थितीको सामना र आपदमा परेकाहरूलाई यथासक्य सहयोग गर्न नेपाली  जन सम्पर्क समिती अस्ट्रेलियाका सम्पुर्ण राज्य अध्यक्षहरुलाई निर्देशन दिएका छन्। 

 यस्तो आपतकालिन परिस्थितीमा यो वा त्यो नभनिकन सबैसंग हातेमालो गर्दै यो महामारी विरुद्ध एकजुट हुनुपर्ने भट्टराईको कथन थियो ।भिडियो कन्फेरेन्समा आठ वटै राज्य  जन सम्पर्क समिती अस्ट्रेलियाका अध्यक्षहरूको  उपस्थिती थियो ।  जन सम्पर्क विभाग प्रमुख भट्टराईले एनआरएन  अस्ट्रेलियासंग समन्वय गरेर सम्पुर्ण  कार्यहरू  गर्न जोड दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ