arrow

मल नपाएपछि केको लकडाउन, केको सामाजिक दुरी?

मोरङमा मलको हाहाकार

logo
विवेक मिश्र,
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
maal1.jpg

बेलवारी । मोरङमा रासायनिक मलको अभाव भएको छ । मकै, धान लगायत खेतीलाई आवश्यक पर्ने बेला युरिया मलको अभाव भएको हो । यहाँ सरकारी अनुदानको मल बिक्री वितरण गर्ने जिम्मेवारी कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पाएका छन् ।

जिल्लामा मल वितरण गर्ने कृषि सामग्री कम्पनीमा वफर स्टक राख्नुपर्ने भन्दै विक्री नगर्न माथिको आदेश आएको भन्छ भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा प्रसस्त मल रहेतापनि दैनिक २०० टन भन्दा धेरै लोडिङ गर्न नसकेको कारणले मलखाद अभाव देखिएको हो । किसानको माग बढी हुने बेला बजारमा मल नपाएपछि  कृषक समस्यामा परेका छन् ।

सोमबार बेलवारी ९ डाँगीहाट स्थीत भिमसेन बहुउदेसीय सहकारी संस्थाले ल्याएको १०० बोरा युरीया मल किन्न १५ किलोमिटर सम्म टाढाबाट साईकलमा किसानहरु आएका थिए । तर उनिहरु रित्तै घर फर्कनु पर्यो। उक्त सहकारीका मल विक्रेता दिपक कुमार श्रेष्ठले “भने २० किलोको दरले किसानलाई दिन तयार गरिएको यरिया मल, किसानको भिड बढ्दै गएपछि १५ किलोको दरले दिने योजना बनाइए पनि नपुग्ने अवस्था भएपछि १० किलोको दरले दिँदै थियौँ, लकडाउन अबधीमै हजारौको संख्यामा भिड भएपछि स्थानीय प्रहरीले भिड नियन्त्रण गर्नुपर्यो ।” विस बर्षदेखी रसायनिक मलको व्यापार गर्दै आएका श्रेष्ठले भने यस्तो भिड कहिलै भएको थिएन। लकडानउ अवधी भएको मल खरिद गर्न आएका किसानको भिड नियन्त्रण गर्न तत्कालको लागी पसल बन्द गर्न लगाएको प्रहरी चौकि डाँगाको प्रमुख सानुराम कार्कीले बताए।  

२ बोरा युरीया मल खरिद गर्न भाउन्नेबाट आएका ध्रुव निरौलाले १० किलो पनि नपाएर रित्तै फर्कनु परेको गुनासो गरे । मकैमा एक महिना अघीनै मल हालीसक्नु पथ्र्यो, अहिले मकैमा धानचमरा आईसक्यो अझै मल पाईएन। मलको चाहारीमा धेरै ठाँउ पुगेको तर मल नपाएको उनले बताए । निरौला जस्तै बेलवारी ४ का टेक बहादुर कार्की र बेलवारी १० की कविता बस्नेतले पनि मल नपाएकोमा निरास भएको बताए ।

बेलवारी ९ का वडाअध्यक्ष नगेन्द्र खड्काले भने “अधीकांस किसान भएको यस ठाँउमा किसानले पर्याप्त रसायनीक मल नपाएकोमा आफु दुखी रहेको र यो समस्यालाई लिएर पटक पटक बिभिन्न निकायमा अनुरोध गर्दा पनि हाल सम्म पर्याप्त मल ल्याउन नसकेको बताए । उनले भने मेयर साबले पनि यो बिषयलाई गम्भीरतापुर्वक लिनुभएको छ सायद यो समस्या मुख्यमन्त्रीलाई पनि जानकारी गराईसक्नु भयो होला ।     

धान तथा मकै उत्पादन गर्न प्रयोग गरिने युरिया मलको अभाव भएपछि किसान उत्पादन घट्ने भन्दै चिन्तित छन् । विगतका वर्षजस्तै यस वर्ष पनि किसानले धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मल पाउन नसक्दा समस्या झेल्नुपरेको हो ।

“कृषि सामग्री संस्थान बिराटनगरमा अझै करिव २७० टन युरीया मल मौज्जात छ तर त्यो वफर स्टक राख्नुपर्ने भन्दै विक्री नगर्न माथिको आदेश आएको छ” कृषि सामग्री संस्थान बिराटनगरका प्रमुख राजेन्द्र कार्कीले बताए । कार्कीले भने “देशमा करिब ७ लाख मेट्रिक टन रसायनीक मलको आवश्यकता छ तर ३ लाख ५० हजार मेट्रिक टनको लागी मात्र बजेट छुट्टिने गरेकोले पनि मलको अभाव भएको हुनसक्छ” ।

 साल्ट ट्रेडिङ बिराटनगरको गोदाममा अझै २ हजार मेट्रिक टन र नेसनल ट्रेडिङ बिराटनगरमा पनि २ हजार मेट्रिक टन युरिया मलको मौज्दात रहेको साल्ड ट्रेडिङ कार्पोरेसन लिमिटेड बिराटनगरका प्रमुख राधेश्याम चौधरीले बताए । उनका उनुसार हाल दैनिक रुपमा १०÷११ वटा सहकारीलाई मल दिईरहेको उनले बताए । औषतमा दैनिक २ सय टन मल विक्री भईरहको र प्रत्येक सहकारीले २००देखी २५० बोरा सम्म मल लगीरहेको प्रमुख चौधरी बताउछन् । उनले भने कृषि सामग्री संस्थानलाई ७० प्रतिशत मल आउने र साल्ट ट्रेडिङलाई ३० प्रतिशत मात्र मल आउने गरेको बताउछन्। प्रमुख चौधरीले भने प्रसस्त मल रहेतापनि दैनिक २०० टन भन्दा धेरै मल लोडिङ गर्न नसकेको कारणले मलखाद अभाव देखिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ