arrow

‘क्याराभान’का नायक थिन्लेको अन्तिम संस्कार

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
thinley.jpg.jpeg
काठमाडौँ । बहुचर्चित चलचित्र ‘क्याराभान’का नायक थिन्ले लेन्डुपको राजधानीको टेकुमा बौद्ध परम्पराअनुसार आज अन्तिम संस्कार गरिएको छ । लेन्डुपलाई गृहमन्त्री शक्तिबहादुर बस्नेत, बौद्ध गुरुलगायत विभिन्न क्षेत्रका व्यक्तिलगायत सर्वसाधारणले अन्तिम श्रद्धाञ्जलि दिएका हुन् । 
 
थिन्लेको यही वैशाख १२ गते डोल्पा सदरमुकाम दुनैदेखि आफ्नो गाउँ साल्दाङ जाँदै गर्दा भिरबाट लडेर असामयिक निधन भएको थियो । साँघुरो बाटोमा घोडामा गइरहेका लेन्डुपलाई अर्कोतर्फबाट आएका खच्चडका बथानले धकेल्न पुगेका थिए । 
 
थिन्लेको मुख्य भूमिका रहेको चलचित्र ‘क्याराभान’ सन् १९९९ मा ओस्कार अवार्डका लागि मनोनीत भएको थियो । जसलाई फ्रान्सेली निर्देशक एरिक भ्यालीले निर्देशन गर्नुभएको थियो । त्यस्तै, थिन्लले अभिनय गरेको अमृत गुरुङको गीत ‘सा कर्णाली’ले पनि राम्रो बजार लिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ