arrow

रौतहटका दुईमा कोरोना संक्रमण, ५४ पुगे संक्रमित

logo
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
covid-test-corona.jpg

काठमाडौं । कोभिड–१९ को संक्रमण थप दुई जनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोभिड–१९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

 मंगलबार थप दुईजनामा संक्रमण देखिएपछि संक्रमितको सङ्ख्या ५४ पुगेको छ भने पूर्णरुपमा स्वस्थ्य भएर १६ जना घर फर्किएका छन् । अहिले ३९ जना संक्रमित अस्पतालको आइसोलेशनमा रहेका छन् । 

संक्रमित अहिले क्वारेन्टाइनमा रहेको र अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए  । संक्रमितको नजीक रहेका कन्ट्याक्ट ट्रेसिङसमेत भइरहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ