arrow

कोरोना अस्पतालको सामान चोरीको छानविन समिति संयोजक नबस्ने पौडेलको घोषणा

भरतपुर महानगरपालिकाले चासो दिएन, अख्तियारले थाल्यो अनुसन्धान

logo
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
94659622_1085687748480980_1.jpg

चितवन। कोरोना भाइरस संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालका सरसामान नेकपा निकट कर्मचारीहरूले चोरेर लगेको भिडियो नै सार्वजनिक भएसगै छानबिन गर्न बनेको समितिको संयोजकले आफू सो समितिमा नबस्ने घोषणा गरेका छन् ।

चितवन उद्योग संघका अध्यक्ष समेत रहेका राजु पौडेलले राजनैतिक हिसावबाट टिकाटिप्पणी तथा बिभिन्न सूचनाहरु सार्वजनिक भइरहेको अवस्थामा उद्योग संघ जस्तो निष्पक्ष तथा गैर राजनैतिक सामाजिक संस्थाको अध्यक्षको हिसावले छानबिन समितिमा रहेर कार्य गर्नु संघको भावना बिपरित हुने भन्दै छानबिन समितिको संयोजकमा बसेर कार्य गर्न असमर्थ भएको बिज्ञप्ति मार्फत जानकारी गराएका हुन् ।

चोरीको घटना सार्वजनिक भएसँगै नेकपाभित्रै आरोप प्रत्यारोप चलिरहको छ। पूर्व माओवादी निकट कर्मचारीहरुले रातारात सामान चोरेपछि पूर्व एमाले निकटहरुले यसलाई चर्काउन लागिपरेका छन् ।

कांग्रेसले पनि विज्ञप्ती निकाल्दै कोरोना अस्पतालको भ्रष्टाचार र चोरीको विषयमा निष्पक्ष छानविन गरि दोषीलाई कार्वाही गर्नुपर्ने बताएको छ।

छानविनमा भरतपुर महानगरपालिकाले चासो दिएको छैन। यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो घटनाको अनुसन्धान थालेको छ। आयोगले कोरोनाको अस्पतालको अनियमितताको विषयमा छानविन गर्न सबै कागजपत्र लगेको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ