arrow

लकडाउनभएदेखि रोकिएको खोप सेवा आजदेखि शुरु

logo
रासस.
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
vaccine-child.jpg

काठमाडौं । बन्दाबन्दी (लकडाउन) शुरु भएदेखि रोखिएको नियमित खोप लगाउने कार्य काठमाडौँ महानगरपालिकाले आजदेखि शुरु गरेको छ । कामपा­१५ बाट बालबालिका जन्मेदेखि १५ महिनासम्म लगाइने खोप आजदेखि शुरु गरेको हो ।

आज कामपाबाट यस वडाबाट करिब ५० जना बालबालिकाले खोप सेवा लिएका छन् । वार्षिक रुपमा कामपाबाट ७० हजार बालिबालिकाले नियमित खोप सेवा लिने गरेका छन् ।  कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार आज वडा १५ बाट शुरु भएको छ विस्तारै सबै वडामा शुरु गरिन्छ । 

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण तथा रोकथाम नियन्त्रणको लागि भन्दै डेड महिनादेखि बालबालिकालाई लगाइने नियमित खोप रोकिएको थियो । दुई हप्तादेखि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूत रुपमा बालबालिकालाई लगाइने खोप पुनः सञ्चालन गरेपछि कामपाले यस कार्य शुरु गरेको हो । 

लामो समयसम्म नियमित रुपमा लगाइने खोप कार्यक्रम रोक्दा भविश्यमा अर्को स्वास्थ्य महामारी आउनसक्ने भन्दै मन्त्रालयले देशभरिका स्थानीय तहमा यो सेवा सञ्चालन गर्न आग्रह गरेको थियो ।  

मन्त्रालयले खोप सञ्चालनको समयमा कम्तीमा तीनदेखि छ फिट दूरी कायम गर्ने, समय तालिका निर्धारण गरी टोलबासीलाई जानकारी दिने, समय समयमा साबुनपानीले हात धुने, खोप सेवा लिन आउनेलाई पनि दूरी कायम गर्न लगाउनेजस्ता नियम बनाएको छ । जन्मेदेखि १५ महिनासम्म सरकारले १२ प्रकारको खोप निःशुल्क उपलब्ध गराइरहेको छ । वार्षिक रुपमा देशभरका छ लाख २० हजार बालबालिकाले खोप सेवा लिने गरेको मन्त्रालयको तथ्याङ्क छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ