arrow

नेपाली क्रिकेट बचाउन सरकारले सही प्रस्ताव ल्याओस् – प्याकुर्‍याल

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
ICC-and-CAN.jpeg.jpeg
काठमाडौँ । चतुरबहादुर चन्द नेतृत्वको नेपाल क्रिकेट सङ्घ (क्यान)का महासचिव अशोकनाथ प्याकुर्‍यालले देशको क्रिकेट बचाउन सम्बन्धित निकायसँग सवै किसिमको छलफल गर्न चाहेको बताएका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्याकुर्‍याल अन्तराष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी०ले भर्खरै क्यानलाई गरेको निलम्बनले नेपाली क्रिकेटमा दूरगामी नकारात्मक असर पर्ने बताए ।  
 
उनले देशको क्रिकेट बचाउन क्यानको विधानअनुसारका कार्यबाहेक सवै विषयमा आफूहरु लचिलो हुने बताउँदै सरकारलाई सही समाधनको प्रश्ताव लिएर आउन आग्रह गरे । अदालतकाे मुद्दाबारे भने उनले केही भनेनन् ।  
सरकारले यस विषयमा अभिभावकको भूमिका खेल्नुपर्नेमा जोड दिँदै उनले भने,“सङ्कटको यो घडीमा हामी नेपाली क्रिकेटप्रति संवेदनशील छौं, सरकार र राखेप ९राष्ट्रिय खेलकुद परिषद्० स्पष्ट धारणा लिएर आएको खण्डमा निकासका लागि हामी सवै किसिमका छलफल गर्न तयार छौं ।” 
चतुरबहादुर चन्द अध्यक्ष रहेको तथा प्याकुरेल महासचिव रहेको क्यानको पक्षको निर्वाचन गत वर्षको मङ्सिरमा भएको थियो । त्यसपछि प्रक्रिया पुर्‍याएर निर्वाचन नगरेको भन्दै पुसमा राखेपले रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । अहिले दुवै समितिले काम गर्न पाएका छैनन् । दुवै समूहको विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ